CanadaKhabar.com

Thursday, March 28, 2024 -
  • क्यालगरीयन नेपाली स्वयम सेवकहरु सम्मानित

    १७ फेब्रुअरी, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
    २०१७ सालमा क्यालगरी स्थित नेपाली समुदायका लागि स्वयमसेवी कार्य गरेका ५० भन्दा बढीलाई आज एक समारोहका विच सम्मान गरिएको छ ।
    लामो समय देखि नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा क्रियाशील नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले आफना स्वयम सेवकहरुलाई प्रोत्साहन स्वरुप प्रमाण पत्र सहित सम्मान गरेको हो ।
    चालु आर्थिक बर्षमा सञ्चालित विभिन्न औपचारिक कार्यक्रममा स्वयम सेवा गर्ने सम्पुर्णलाई सम्मान गर्न एक कार्यक्रमको आयोजना गरेको थियो । स्वयम सेवीहरुलाई संस्थाका अध्यक्ष धुव्र राई, उपाध्यक्ष कमल भट्टराई र सचिव दिनेश अधिकारीले संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

    बर्ष भरि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण स्वयम सेवीहरुलाई धन्यवाद दिदै संस्थाका अक्ष्यक्ष राईले संस्था प्रति युवा पुस्ताले देखाएको चासोको खुलेर प्रशंशा गरेका थिए । त्यस्तै कार्यक्रम संयोजक श्रीकान्त अर्यालले युवाहरुलाई आकर्षित गर्न युवा केन्द्रित कार्यक्रम ल्याउन संस्था प्रतिवद्ध रहेको बताएका थिए ।

    कार्यक्रममा माधव दुलाल, राजेन्द्र गौतम, विशाल ढुङ्गेल, सम्राट थापा, सुमन चौलागाई, कुशुम ज्ञवाली, दिपेन्द्र भण्डारी, राम मरहट्टा, धर्म मरासिनी, सुरेन्द्र मिश्र, अरुण लामा, निर्पन मल्ल, कमल अर्याल, आशितोष गैरे, राजेश शर्मा, नरेन्द्र बस्नेत, रमेश बुढाथोकी, शरदा दाहाल, शरदा जैसवाल, रमा गौतम, जीवन कटवाल, खिल काफले, प्रकाश क्षेत्री लगायत ५० भन्दा बढी सम्मानित भएका थिए ।
    कार्यक्रममा शुभ लक्ष्मी समुहले एनसिएससी रिसोर्स सेन्टर निर्माणार्थ ५ सय डलर संस्थाका अध्यक्ष धुव्र राईलाई हस्तान्तरण गरेका थिए ।