Life Story

ब्याट्रीको बजारमा हामीनै हौ बादशाह

By canadakhabar

January 06, 2015

एक्साइड अप्रेसन सिप्रदी ट्रेडिङ प्रालि एक्साइड अप्रेसनका नायब महाप्रबन्धक सुरेशकुमार तिवारीसंग गरिएको कर्पोरेट कुराकानी यहाँ प्रस्तुत गरिएकोछ ।

पछिल्लो समय नेपालमा ब्याट्री बजारको स्थिति कस्तो पाउनुभएको छ ? देश, काल र परिस्थितिअनुरूप ब्याट्रीको बजार आफंैमा राम्रो छ । सवारीसाधनको चाप बढ्दै गएकाले अटोमोटिभ ब्याट्रीको कारोबार बढ्दै गएको छ भने विद्युत् आपूर्ति कम भएकाले इन्भटर ब्याट्रीप्रति पनि ग्राहकको आकर्षण उत्तिकै बढेको छ । ब्याट्रीमध्ये एक्साइड नम्बर वान छ भनेर त मैले भनिरहनै पर्दैन । ग्राहकवाटै यो कुराको पुष्टि हुन्छ । ‘नम्बर वान’ त भन्नुभयो बजारमा प्रभाव कत्तिको छ ? एक्साइडको बजारमा कस्तो प्रभाव छ भनेर मैले भनिरहनु जरुरी छैन । तपाइहरू आफैं पनि बुझ्न सक्नुहुन्छ हाम्रो ब्याट्री प्रयोग गर्नेहरूसँग । हामी केवल संख्यामा विश्वास गर्दैनांै । सामान बेच्नुभन्दा पनि बिक्रीपछिको सेवामा हामी बढी संवेदनशील छौं । त्यसकारण पनि ग्राहकहरू हाम्रो कम्पनीको ब्याट्रीप्रति बढी आकर्षित छन् । नेपाली बजारकै कुरा गर्नुहुन्छ भने अटोमोटिभ ब्याट्रीमा ६३ प्रतिशत बजारमा हाम्रो प्रभाव छ । मोटरसाइकल ब्याट्रीमा ४० प्रतिशत प्रभाव छ । इन्भटर ब्याट्रीको हकमा पनि हामी अगाडि नै छौं । बिक्रीपछिको सेवा कस्तो छ ? सर्भिस सेन्टरहरू कति छन् ? हाम्रा ग्राहकले एक्साइड ब्याट्रीका विषयमा गुनासो गर्नु नपरोस् भन्नका लागि हाम्रो कम्पनीले सर्भिस नेटवर्क विस्तार गरिरहेको छ । काठमाडौंलगायत मोफसलका शहरमा जसले एक्साइडको डिलर सञ्चालन गर्दै आएका छन् तिनले ग्राहकलाई विभिन्न सर्भिस दिँदै आएका छन् । त्यसमाथि हाम्रो कम्पनीले मुलुकका विभिन्न ६ स्थानमा आधिकारिक सेवा केन्द्र सञ्चालन गरेको छ । त्यस्तै अरू पाँच ठाउँमा आधिकारिक सेवा केन्द्र सञ्चालनको प्रक्रियामा छौं । ग्राहकलाई छिटो छरितो सेवा दिनकै लागि स्कुटर र भ्यानसमेत परिचालन गरेका छौं । हालसालै हाम्रो कम्पनीले ब्याट्री चेकजाँचका लागि अत्याधुनिक मेसिन ल्याएको छ । त्यसले ग्राहकलाई थप सुविधा दिनेछ ।

वारेन्टीका विषयमा कतिपय ग्राहक झुक्किने पनि गरेका छन् नि किन ? हामीबाट कारोबार गर्ने ग्राहकहरूमा त्यस्तो कुनै समस्या छैन । कुन ब्याट्रीमा कस्तो किसिमको वारेन्टी सुविधा छ र कहिलेसम्म पाइन्छ भन्नेमा हामीले हाम्रा ग्राहकलाई स्पष्ट बुझाएर पठाउने गरेका छौं । अर्को महŒवपूर्ण कुरा वारेन्टी भन्ने कुरा मौखिक हुँदैन । वारेन्टी कार्डमा ती सबै कुरा उल्लेख गरिएको हुन्छ । यस्तो अवस्थामा ग्राहक झुक्किने कुरै आउँदैन । किनकि कम्पनीले कार्डमा जे लेखेर दिएको छ त्यो मापदण्डअनुरूप नै हामीले हाम्रा हरेक ग्राहकलाई सुविधा दिने गरेका छौं । सिप्रदी ट्रेडिङले कारोबार गर्दै आएको इन्भटर ब्याट्रीको बारेमा केही भनिदिनुहुन्छ कि ? सिप्रदी ट्रेडिङले इनभटरअन्तर्गत एक्साइडकै फ्ल्याट प्लेटेड ब्याट्रीको कारोबार गर्दै आएको छ । हाम्रो कम्पनीले यो ब्याट्रीको कारोबार गर्दै आएको एक दशक बढी भयो । ट्युबलर आउन थालेको ३ वर्ष हुँदै छ । यस हिसाबले पनि ट्युबलरको तुलनामा फ्ल्याट प्लेटेड ब्याट्रीको इतिहास निकै पुरानो छ । हामीले कारोबार गर्ने फ्ल्याट प्लेटेड ब्याट्री बलियो र उपयोगी पनि छ । एक्साइडको फ्ल्याट प्लेटेड ब्याट्रीमा मात्रै म्याजिक आई प्रविधि भएकाले ग्राहक थप लाभान्वित छन् । किनकि म्याजिक आई प्रविधिमा ब्याट्रीको कन्डिसन कस्तो छ सजिलै थाहा पाउन सकिन्छ ।