समाचार

हामी आयौं !

By canadakhabar

March 13, 2015

देशको अर्थतन्त्र मजवुत बनाउने सवालमा अटोमोवाइल क्षेत्रले पुर्याएको  योगदान आफैमा सह्रानिय छ । कुल राजश्वको महत्वपूर्ण हिस्सा यसै क्षेत्रबाट संकलन भइरहदा पनि यो क्षेत्रले राज्यस्तरबाट भने खासै महत्व पाउन सकेको देखिदैन । विश्वमै नभएको सवैभन्दा उच्च दरको कर प्रणालीका कारण नेपालमा अटोमोवाइल क्षेत्रले सोचेअनुरुप गती लिन सकिरहेको छैन । यद्यपी पछिल्लो समय यो क्षेत्रमा सवै वर्गको चासो भने वढ्दै गएको देखिन्छ ।

अटोमोवाइल भन्ने वित्तिकै यो संग यातायात क्षेत्रपनि जोडिएर आउने गर्छ । सवारी साधनको मुल्य उच्च भएपछि त्यसको प्रभाव सर्वसाधरणले तिर्ने भाडा र सवारीसाधनको पहुँचसम्म पर्न जान्छ । विकसित देशहरुमा सत प्रतिशतकै हाराहारीको जनसंख्यासम्म निजी सवारीको पहुंच  पुगेको अवस्थामा नेपालमा भने अझैपनि यस्ता साधनलाई विलासिताको वर्गमा राख्ने गरिएको छ । यसवाट राज्यले राम्रै राजश्व उठाउन सफल देखिए पनि विकासको गति भने निकै पछाडी धकेलिएको प्रष्ट हुन्छ । विविध समस्या र चुनौतीका विचमा रहेर पनि व्यवसायीहरुले यो क्षेत्रको विस्तारका लागि महत्वपूर्ण भुमिका खेल्दै आइरहेका छन् । तिनै व्यवसायी र सरोकारवाला निकायहरुविच समन्वयात्मक भुमिका निर्वाह गर्न र अटोमोवाइल क्षेत्रका विविध यथार्थ र गतिविधी आम नागरिकको पहुंचसम्म पुर्याउने   उद्देश्यवाट प्रेरित भई हामीले नयाँ अनलाइन प्रकाशन autonewsnepal.com प्रारम्भ गरेका छौ । पछिल्लो समय पठकवर्गको रुची तथा आकर्षण अनलाइन प्रकाशनमा वढिरहेको यथार्थलाई मध्येनजर गरी हामीले यसको प्रकाशन प्रारम्भ गरेका हौ। यो प्रकाशन नेपालको अटोमोवाइल क्षेत्रमा पहिलो र एकमात्र अनलाइन संस्करण हुन सफल भएको छ । अटोमोवाइल क्षेत्रसंग सरोकार राख्ने सवै वर्गले यसलाई मन पारउने छन भन्ने हामीले आशा लिएका छौ । देशभर छरिएर रहेका अटोमोवाइल व्यवसायी, सवरीसाधन प्रयोगकर्ता, यातायात व्यवसायी र यो क्षेत्रसंग रुची राख्ने सवै वर्गकाबिच autonewsnepal.com एउटा सशक्त र भरपर्दो सञ्चार माध्यम वन्ने छ भन्ने हामीले विश्वास लिएका छौ । नेपालमा अटोमोवाइल व्यवसायको अवस्था कस्तो छ ? सवारी साधन र यससंग जोडिएर आउने मर्मतसम्भार र स्पेयरपार्टसको प्रयोगमा ग्राहक कत्तिको सजग छन् ? कस्ता सवारी खरिद गर्दा ग्राहकलाई फाइदा हुन्छ ? सवारी खरिद गर्दा के कस्ता कुराहरुमा ध्यान दिइनुपर्छ भन्ने जस्ता जानकारी र कर छली,अवैध धन्दा लगायतका सवालहरुमा निरन्तर खवरदारी दिने छौ । सत्य तथ्य र निश्पक्ष समाचारमा हामी कुनै पनि सम्झौता गर्नेछैनौ । हाम्रो एकल प्रयासले मात्र यो अभियान सफल नहुने हुँदा आम पाठकवर्ग, अटोमोवाइल व्यवसायी, विभिन्न संघसंस्था र सरोकारवाला निकायहरुले रचनात्मक सुझाव तथा सल्लाह, लेख तथा रचना र सुचना उपलव्ध गराई हाम्रो अभियानलाई सार्थक बनाउन हुनेछ भन्ने विश्वास लिएका छौं ।