नेपाल अटोमोबाईल स्पोर्टस एसोसयिसन नासा र लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्ट्रलले संयुक्त रुपमा ठतज सिन्सियर सिटीजन मोटर ¥याली आयोजना गरेको छ । विगत ६ वर्ष देखि नासाले आयोजना गर्दै आएको यो क्रमलाई यो वर्ष लायन्स क्लबले साथ दीएको हो । रोड सुरक्षा बारे आम जनतालाई जानकारी गराउन र साहसिक, जिज्ञासु र सिर्जनसिल यूवाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ यूनाईटेड सेन्ट्रलका अध्यक्ष अमर ज्योती रन्जितले राष्ट्रिय मान्यता प्राप्त खेल संघको. सहकार्यमा सामाजिक अभियानमा विश्वव्यापि पहिचान कायम गरेको लायन्स परीवारको एक अंग लायन्स क्लब अफ काठमाडौं यूनाईटेड सेन्ट्रल द्धारा आयोजित ¥यालिले मोटरीङ क्षेत्रमा एउटा नयां आयम थप्नेमा द्धीवीधा नरहेको बताए ।
यो ¥याली समय, दुरी र स्पिड सिस्टममा सञ्चालन गरीने र ट्यालेनट हन्ट र ट्रेजर हन्ट जस्ता विधा समाबेस गरीएको थियो । तेस्रो हिमालयन खेल पर्व को सन्दर्भमा सञ्चालित यो ¥याली सिर्जनशील र साहसिक व्यक्तिको जिवनमा एउटा भव्य खेल प्रतियोगीता, ऐतिहासिक घटना र जीवनकै अविस्मरणीय क्षण बनेको आयोजकको भनाई थियो । यो ¥याली फिया ईन्स्टिच्यूट को सहयोगमा नेपालमा सञ्चालीत मोटर स्पोर्टसको गाईडलाईन तथा म्यानुअल निर्माण अभियानको एक अंग भएको बताइएको थियो ।
राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिब यूवराज लामाले उद्घाटन गर्नुभकउथे उक्त ¥याली काठमाडौंको भृकुटी भमन्डपबाट सुरु भई ४० किमिको दुरीमा रहेको धुलीखेलको मिरायवल रीसोर्टमा पुगेर सम्पन्न भएको थियो । दर्ता सुल्क २५ सय तोकिएको सो ¥यालीमा ४४ प्रस्पिर्धिर १० आयोजकको गरी ५४ ओटा गाडीको सहभागीता रहेको थियो । सो ¥यालीमा उपेनद्र प्याकुरेल प्रथम भएका थिए भने ¥यालीमा सहभागी मध्यबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई आकर्षक गिफ्ट हेम्पर सहित सिल्ड र प्रमाणपत्र प्रदान गरीएको थियो भने अन्य सहभागीलाई प्रमाणपत्रबाट सम्मानित गरीएको थियो ।