भक्तपुर चैत १८ । सुजुकी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आज भक्तपुरमा आफ्नो २६ औं शोरुम विआरवी मोटोकर्प खोलेको छ । उक्त शोरुमको उद्घाटन सिजी मोटोकर्पका प्रवन्ध निर्देशक अरुण चौधरीले गरेका हुन् । नेपाली बजारमा सुजुकी गाडीको माग वढिरहेकोले आफूहरुले भक्तपुरमा नयाँ शोरुम सञ्चालन गरेको उनले जानकारी गराए । शोरुम उद्घाटन गर्दै उनले भने, ‘नेपाली बजारमा प्रवेश गरेसँगै सुजुकी गाडीले सम्पूर्ण नेपालीहरुको मन जित्न सफल भएको छ । आकर्षक बनावट, सटिक मूल्याँकन र विभिन्न विधाहरुमा सुजुकीका विभिन्न मोडलहरु उपलब्ध रहेकोले यसले ग्राहकहरुको मन जित्न सफल भएको छ । हाल सुजुकी नेपालको प्यासेन्जर कार बजारमा नं. १ ब्रान्डको रुपमा स्थापित छ र यसको सबै श्रेय सुजुकीका ग्राहक महानुभावहरुलाई जान्छ ।’ उत्कृष्ट माइलेज, न्यून संचालन खर्च, देशभर फैलिएको बिक्री सञ्जाल तथा बिक्री पश्चातको गुणस्तरीय सेवाका कारण नेपाली अटो बजारमा सुजुकी गाडी दिनप्रतिदिन लोकप्रिय वन्दै गइरहेको छ । हाल सुजुकीले नेपालमा वार्षिक ४ हजार २ सय देखी ४ हजार ५ सय युनिट गाडी बिक्री गर्दै आएको छ । ३० वर्षको इतिहासमा नेपालमा ४५ हजार युनिट सुजुकी गाडी बिक्री गरी सकेको समेत जनकारी गराइयो ।