Life Story

सेवा विस्तारमा ध्यान दिएका छौं

By canadakhabar

May 07, 2015

टिभिएस ब्रान्डका मोटरसाइकल र स्कुटरका बारेमा केही बताइदिनुहोस् न ? टिभिएसका मोटरसाइकल तथा स्कुटर उत्कृष्ट प्रस्तुति दिने किसिमका छन् । आकर्षक लुक्स, राम्रो माइलेजका साथै पावर पनि धरै राम्रो छ । जसकारण नेपाली उपभोक्ताको रोजाइमा टिभिएसका मोटरसाइकल र स्कुटर परिरहेका छन् । केही समयअघि भारतीय मोटरसाइकल बजारमा ५ नम्बरमा रहेको टिभिएस अहिले तेस्रो नम्बरमा आउन सफल भएको छ । यसबाट पनि थाहा हुन्छ की टिभिएस ब्रान्ड धेरै उपभोक्ताको छनोटमा पर्न थालिसकेको छ । टिभिएसका पार्टस्हरू पनि एकदम मजबुद भएका कारण मर्मत, सम्भार खर्च कम पर्छ । अन्य ब्रान्डको पार्टस् वर्षमा २÷३ पटकसम्म फेर्नुपर्ने हुन्छ तर टिभिएसको कुनै पनि पार्टपुर्जा १ पटक फेरेपछि २÷३ वर्ष ढुक्क हुन सकिन्छ । टिभिएसले नेपाली बजारमा १० प्रतिशत भन्दा बढी हिस्सा ओगटिसकेको छ । र, विस्तारै यो हिस्सालाई हामी बढाउँदै लैजाने योजनामा छौं । अहिलेको प्रतिस्पर्धात्मक बजारमा खरो रूपमा उत्रन टिभिएसले कस्तो रणनीति अवलम्बन गरेको छ ? तपाईंले भनेजस्तै अहिलेको मोटरसाइकल बजार एकदमै प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ । यस्तो अवस्थामा आफूलाई खरो रूपमा उतार्नका लागि हामीले आफ्नो पक्षबाट गर्नुपर्ने काममा कुनै कमी आउन दिएका छैनौं । अहिलेका युवा पुस्ता नयाँ मोडल मात्र हैन, नयाँ सुविधा पनि खोज्दैछन् भन्ने कुरालाई हामीले राम्ररी बुझेका छौं । उपभोक्तालाई टिभिएसप्रति आकर्षण गरिरहन नयाँ मोडल सार्वजनिक गर्ने र सेवा चुस्त पार्ने काम गर्नुपर्छ भनेर हामीले बुझेका छौं । यस्तै कुरालाई ध्यान दिई अबको तीन महिनाभित्र थप सुविधा सहितको तीन नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा छौं । त्यसलगत्तै पावर सेग्मेन्टको अर्काे नयाँ मोटरसाइकल पनि नेपाली बजारमा भिœयाउने तयारी छ । अन्य ब्रान्डले वर्षमा तीन पटक सम्म मूल्यवृद्धि गर्छन्, तर हामीले उपभोक्तालाई पटक–पटक मर्का पार्ने काम गरेका छैनौं । त्यस्तै फाइनान्समा सवारी खरिद गर्ने व्यवस्था मिलाएका छौं भने एक्सचेन्ज सुविधा बेलाबेला प्रदान गर्र्दै आएका छौं । बजारमा टिभिएसको उपस्थिति बलियो बनाउन आगामी दिनमा उपभोक्तामैत्री स्किम ल्याउनेछौं । टिभिएसका नयाँ उत्पादन नेपाली बजार भिœयाउने क्रमलाई पनि निरन्तरता दिनेछौं ।

टिभिएसको मोटरसाइकल मजबुद छ । यसमा दुईमत छैन तर माइलेज कम दिन्छ भन्ने गुनासो छ नि ? चालकले कुन शैलीमा मोटरसाइकल हाँक्छन् भन्ने प्रवृत्तिले माइलेज निर्धारण हुने हो । एक्सिलेटर बढी दबाउने, जस्तोसुकै ठाउँमा केयर नगरी चलाउने, कम गियरमा चलाउने ग¥यो भने माइलेज स्वतः घट्न जान्छ । टिभिएस मोटरसाइकलमा तपाईंले भनेजस्तो माइलेजमा कमी छ जस्तो लाग्दैन । १ सय ८० सिसिको बाइक चढेर १५० सिसिको माइलेज खोज्नुभयो भने पाउन सकिँदैन । बाटोको कन्डिसनले पनि माइलेजलाई असर पारेको हुन्छ । यी विविध पक्षलाई ध्यान दिँदै समयमै सर्भिसिङ गर्ने र बाइकलाई सधैं कन्डिसनमा राख्ने हो भने माइलेजमा कमी आउँछ जस्तो लाग्दैन । टिभिएस मोटरसाइकलको स्पेयर पार्टस् र सर्भिसिङमा समस्या छ भन्ने सुनिन्छ, सांचो हो ? हो, यसअघि मोटरसाइकलको स्पेयर पार्टस् र सर्भिसिङमा उपभोक्ताको गुनासो आएका थिए । त्यतिखेर उपभोक्ताले आवश्यकता महसुस गरेजति सेवा उपलब्ध गराउन हामीले नसकेकै हो । तर, दुई वर्षयता हामीले उपभोक्तामुखी कार्यक्रमलाई प्राथमिकता दिएर सेवा उपलब्ध गराइरहेका छौं । हामीले स्पेयर पार्टस्को सहज उपलब्धताका लागि एक वर्षयता पाँच ठाउँमा स्पेयर पार्टस्का आउटलेट खोलेका छौं । त्यहाँबाट उपभोक्ताले भनेकै समयमा सेवा पाउन सक्छन् । अहिले काठमाडौंमा १२ र काठमाडौं बाहिर ८ वटा टिभिएसका बिक्रेता नियुक्त भइसकेका छन् । ती सबै ठाउँबाट हामीले पार्टस्को समेत सहज कारोबार गर्दै आइरहेका छौं । बिक्रीपछिको सेवामा उपभोक्तालाई सन्तुष्ट गराउन बिक्री कक्षसँगै सर्भिस सेन्टर पनि राखेका छौं । त्यस्तै काठमाडौंमा तीनवटा सुविधासम्पन्न सर्भिस सेन्टर खोल्ने तयारीमा छौं । कामदारको क्षमता अभिवृद्धिका लागि हरेक ३ महिनामा दक्ष प्राविधिकबाट ट्रेनिङ दिने व्यवस्था मिलाएका छौं । केही अघिसम्म टिभिएसको पार्टपुर्जा महँगो भयो भन्ने गुनासो आउँथ्यो । हामीले यस्तो गुनासोलाई पनि समाधान गरी अन्य ब्रान्डकै स्तरमा मूल्य निर्धारण गरेका छौं । मोटरसाइकल र स्कुटरलाई दीर्घकालसम्म राम्रो अवस्थामा चलाइरहन के–के गर्नुपर्छ ? सवारी साधन मानव शरीर जस्तै हो । हामीले आफ्नो शरीरको सुरक्षा गरे जसरी नै मोटरसाइकलको सुरक्षामा पनि ध्यान दिनुपर्छ । मोटरसाइकल दैनिक प्रयोग हुने साधन हो । एउटा चालकले दैनिक औसतमा ५० किलोमिटर गुडाउँछ । यो भनेको एक महिनामा एक हजार पाँच सय किलोमिटर हो । यसरी दिनहुँ गुडाइरहने सवारी साधनलाई नियमित मर्मत गर्ने र पार्टपुर्जा हेरफेर गरिरहनुपर्छ । यसरी हेरचाह गर्न सके सवारी साधनलाई दीर्घकालसम्म प्रयोग गर्न सकिन्छ भने लामो समयपछि पनि बिक्री मूल्य राम्रो पाउन सकिन्छ ।