Life Story

स्याभसोल स्थापित भइसकेको छ

By canadakhabar

August 05, 2015

स्याभसोल लुब्रिकेन्ट्सको बजार अवस्था कस्तो छ ? विगत ६ वर्षदेखि नेपाली बजारमा भित्रिएको स्याभसोलको बजार धेरै राम्रो छ । उपभोक्ताले विश्वासका साथ स्याभसोल लुव्रिकेन्ट्स प्रयोग गरिरहेका छन् । यसले हामीलाई उत्साहित बनाएको छ । स्याभसोलको बजार प्रत्येक वर्ष पाँचदेखि सात प्रतिशतसम्म बढिरहेको छ । उपभोक्ताले पनि अत्यधिक रुचाएको अवस्था छ । नेपाली बजारमा स्याभसोलले स्थापित ब्रान्डको पहिचान बनाएको छ ।

माग बढ्नुको कारण के होला ? आजका दिनमा स्याभसोलले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड इमेज बनाइसकेको छ । कम्पनीले गुणस्तरमा कुनै सम्झौता गरेको छैन । जसका कारण गुणस्तरमा आजसम्म कुनै उपभोक्ताले गुनासो गर्नुपरेको छैन । नेपाली बजारमा भित्रिएका लुब्रिकेन्ट्सलाई हामीले देशभरै वितरणका लागि मजबुत वितरण च्यानल बनाएका छौं । अहिले देशभरका एक हजार दुई सयवटा बिक्री कक्षबाट बिक्री वितरण भइरहेका छन् । ती सबैले उपभोक्तलाई सन्तुष्टि दिएर सेवा दिइरहेकाले माग झन् बढिरहेको हाम्रो मूल्यांकन छ ।

एक पटक स्याभसोल लुब्रिकेन्ट्स प्रयोग गर्ने उपभोक्ताले नियमित यही लुब्रिकेन्ट्स प्रयोग गरिरहेको पाएका छौं । त्यस्तै सबै किसिमका सवारी साधनका लागि सबै रेन्जका लुब्रिकेन्ट्स उपलब्ध भएका कारण पनि माग बढिरहेको हो । औद्योगिक मेसिन र औजारमा पनि स्याभसोल लुब्रिकेन्ट्सको खपत बढिरहेको छ ।

 

गुणस्तरमा बढी जोड दिएर कुरा गर्नुभयो, गुणस्तरीय छ भन्ने आधारहरु के के हुन्  ? गुणस्तरीय भएकै कारण आजका दिनमा स्याभसोल हरेक किसिमका सावरीसाधनमा जेन्युन इन्जिन आयलका रूपमा प्रयोग भइरहेको छ । हाल कम्पनीले टोयोटा, टेल्कन, होण्डा कार, होण्डा मोटरसाइकल, हिरो मोटरसाइकल, महिन्द्रा एन्ड महिन्द्रा, महिन्द्रा टु ह्विलर्स, मारुती सुजुकी, सुजुकी मोटरसाइकल, स्वराज ट्याक्टर, भल्भो लगायतका सवारीलाई आवश्यक पर्ने जेन्युन आयल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । स्याभसोलका हरेक लुब्रिकेन्ट्स कम्पनीको आफ्नै अत्याधुनिक रिसर्च एन्ड डेभ्लपमेन्ट सेन्टरबाट लामो समयपछिको खोज र अनुसन्धानपछि मात्र बजारमा सार्वजनिक गरिँदै आएका छन् । यी र यस्ता आधारहरूले यो लुब्रिकेन्ट्स गुणस्तरीय छ भन्ने प्रस्ट पार्छ ।

 

सबै किसिमका सवारी साधनमा प्रयोग भइरहेपनि स्याभसोलको जोड मोटरसाइकलमा बढी देखिन्छ नि ? उत्पादक कम्पनी सभिता आयल टेक्नोलोजीले सबै किसिमका सवारी साधनलाई उपयुक्त हुने गरी स्याभसोलको उत्पादन गरिरहेको छ । तर, कुनै एउटामा स्पेसलाइजेसन गर्ने सवालमा स्याभसोलले मोटरसाइकलाई उपयुक्त हुने लुब्रिकेन्ट्समा जोड दिएको पक्कै हो । तर, यो भन्दैमा अन्यमा कमजोर छ भन्ने होइन ।

सञ्जीव हमाल बजार निर्देशक, एसडिआई अटोमोवाइल्स