समाचार

आकर्षक स्किमको घोषणा गर्दै गल्फले ल्यायो नयाँ लुब्रिकेन्स, ‘सबै मेकानिक्सहरु एकै ठाउँमा’

By canadakhabar

August 28, 2015

काठमाडौं, ११ भदौ । नेपालमा कार्यरत दुइ तथा चार पंग्रे सवारी साधनका मेकानिक्सहरुले एकै ठाउँमा जमघट हुने र, छलफल गर्न पाउने मौका पाएका छन् । गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ल्युव आयल र काठमाडौंका लागि आधिकारिक बिक्रेता अटो एभ प्रालिले यस्तो मौका जुटाइदिएको हो । एक सय वर्षभन्दा लामो इतिहाँस बोकेको गल्फले विभिन्न खालका लुब्रिकेन्स उत्पादन गर्दै आएको छ ।

राजधानीमा रिटेलर तथा मेकानिक्स मिट कार्यक्रमको आयोजना गरि आयोजकले मेकानिक्सहरुलाई एकै ठाउँमा जमघट गराएको हो । सोहि अवसरमा कम्पनिले गल्फको नयाँ उत्पादन सुपर ट्याक्सी आयललाई पनि सार्वजनिक गरेको छ । यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले उक्त सुपर ट्याक्सी आयल सार्वजनिक गरेका हुन् ।

गल्फको नयाँ लुब्रिकेन्स सार्वजनिक गर्दै महासंघका अध्यक्ष भण्डारीले बजारमा आएका सँयौ लुब्रिकेन्ट्सको भीडमा पनि गल्फ लुब्रिकेन्ट्स फरक पहिचानको साथ स्थापित भएको बताए ।

२० डब्ल्यु ५० ग्रेडको उक्त लुब्रिकेन्ट्स १, ३ र ४ लिटरको प्याकमा उपलब्ध छ । आगामी दिनमा प्रयोगमा आउने अन्य ट्याक्सीहरुका लागिसमेत ५ डब्ल्यु ३० ग्रेडका लुब्रिकेन्ट्स ल्याइसकेको गल्फका काठमाडौं वितरक मधुसुदन सिग्देलले जानकारी दिए ।  बजारमा गल्फका उच्चदेखि निम्न रेन्जसम्मका लुब्रिकेन्ट्स उपलब्ध छ ।

आर्थिक वर्ष ०७१÷७२ मा सबैभन्दा धेरै लुब्रिकेन्ट्स बिक्री गर्ने रिटेलरहरुलाई कम्पनीले टिभिएस अपाचे मोटरसाइकल, ल्यापटप र टिभी लगायतका पुरस्कारसमेत बितरण गरेको थियो । कम्पनिले आगामी आ. व. ०७२÷७३ का लागि पनि विभिन्न स्किमहरुको व्यवस्था गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले यस्ता खालका कार्यक्रमहरुले मेकानिक्सहरुलाई विभिन्न प्रविधिको वारेमा जानकारी राख्न र, नयाँ कुरा सिक्नको लागि सहयोग मिल्ने बताए । कार्यक्रम अटो एभका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।