अमेरिकाले नेपाली सेनालाई २ वटा डुंगा प्रदान गरेको छ । २ वटा अत्याधुनिक डुंगा मंगलबार चितवनस्थित महेन्द्रदल गणमा एक समारोहकाबीच अमेरिकी राजदूत एलाइना बी ताप्लिजले प्रधानसेनापति राजेन्द क्षत्रीलाई डुंगा हस्तान्तरण गरिन् ।
नेपाली सेना विपद् व्यवस्थापनको लागि एक भरपर्दो र बिश्वासिलो संस्था भएको तथा अमेरिकाले नेपाली जनताको सुरक्षाको लागि नेपाली सेनासँग सहयात्री भई संयुक्त रुपमा काम गर्न पाएकोमा गर्व महशुस गरेको अमेरिकी राजदूत एलाइनाले बताइन्
।
उनले प्राकृतिक प्रकोप मध्ये वर्षायाममा बाढीबाट हुने गरेको धनजनको क्षतिको पूर्व अनुभवको तथ्यांकगत आधारमा सोको न्युनिकरणको लागि डुंगा प्रभावकारी हुने बताइन् ।