नविन संचारको युगले विश्व खवरको दायरा सांघुरिएको छ । पलभरमै एक धुव्रको घटना अर्को धुव्रका मनिसहरुले जान्न र बुझ्न सक्ने अवस्थाको निर्माण भएको छ । संचारको बदलिएको परिवेशले विश्व मानचित्रलाई एउटा परिधिमा बाधेको छ । परिवर्तित संचारको क्रान्तिमा डिजिटल जर्नालिज्म त्यसको पर्याय बनेर उभिएको छ । खुल्ला विश्व वजारमा विश्व एउटा खुल्ला पाठशाला बनिरहेको छ । जुन पाठशालामा जो कोही पनि अध्ययन गर्न र अवसर निर्माण गर्न खुल्ला छन् । यही पाठशालामा केही दशक यता नेपालीको उपस्थिति पनि ह्वात्तै बढेको छ । विश्वका अधिकांश राष्ट्रमा नेपालीको उपस्थिति बाक्लिरहेको छ । विभिन्न प्रयोजनले नेपालीको उपस्थिति विश्वभर वढिरहेको मात्र छैन, नेपालीको पहुचमा समेत वृद्दि भैरहेको छ ।
जन्मभुमी नेपाल र कर्मभुमी नेपाल बाहिर खोजेका, खोज्ने र खोजिरहेकाहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्वको नविनतम खोज, प्रविधि र सुविधासंग सिकौरी खेल्दै नेपाल बाहिर रहेका नेपालीको नेपाल विकासमा विशिष्टिकृत योगदान रही आएको छ । विश्व श्रम वजारको महत्वपुर्ण हिस्सा बनिरहेको नेपालीहरु आज विश्वको विकसित मुलुकका लागि समेत अग्रणी भुमिकामा आफ्नो उपस्थिति दर्साउन सक्षम बन्दै गएका छन् । विश्वभर आफ्नो उपस्थिति बलियो बनाउदै लगेका नेपाली विकसित मुलुक क्यानडामा पनि उत्तिकै रहेका छन् । कर्मभुमी क्यानडालाई बनाएर व्यक्तिगत जिवनका साथै जन्मभुमी नेपालका निम्ति समेत महत्वपुर्ण हिस्सेदारी निभाउने र निभाइरहेका नेपालीको संख्या क्यानडामा उल्लेख्य रहेको छ । उत्तर अमेरिकी मुलुक क्यानडामा आप्रवासीको रुपमा रहेका र अध्ययन र खोजका लागि आएका नेपालीको बढ्दो उपस्थितिले क्यानडा भित्र नेपालको अपनत्व निर्माण भैरहेको छ । क्यानडामा बढ्दो नेपालीको संख्यासगैं विभिन्न नेपालीका संस्थाहरु समेत खुल्ने क्रम वढिरहेको छ । यसले नेपाली नेपाली विचको एकता र परस्परको सम्वन्ध विकासमा योगदान पुग्नेछ र पुग्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । क्यानडामा आएका नेपालीहरुले हासिल गरेको व्यवसायिक उपलब्धी, शैक्षिक प्रगती र उन्ननयनका अन्य योगदानले आज आम नेपालीको शिर समेत उचो बनाएको छ । यी यस्तै सुखद् पलहरुले आज हामीलाई गौरवान्दित बनाएको छ । यही नेपालीहरुको गौरवगाथालाई अझ उचाइमा लैजादै नेपाल र नेपाली विचको संवाहक बन्ने हेतु यस डिटिजल युगमा हामी canadakhabar.com लिएर आएका छौं ।
विश्वका नेपालीको गतिविधिसग क्यानडाबासी नेपालीलाई जोड्ने र क्यानडामा रहेका नेपालीको गतिविधिलाई विश्वभर पुऱ्याउने हेतु डिजिटल संसारमा यस अनलाइनको तार जोडेका छौं । अव आफ्ना खवर विश्वमाझ पुऱ्याउने कसीको रुपमा यस अनलाइनलाई तपाईहरुले भरपुर उपयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
अवसरको भुमी क्यानडालाई केन्द्रमा राखेर नेपाल र क्यानडाको खबरलाई उच्च प्राथमिकता दिने निति अंगिकार गरेका छौं । विकसित संचारको युगमा डिजिटल जर्नालिज्मनै त्यसको भरपर्दो माध्यम भएको सिद्द हुदैं गएको अवस्थामा हामी त्यही माध्यमवाट तपाईमाझ आएका हौं । प्रवासी नेपालीका खवर, प्रवासमा नेपाल, नेपाल भित्रको नेपालीको खवर सम्प्रेषण गरिरहदा विश्व घटनावाट समेत तपाई विमुखहुन नपर्ने गरी यसलाई सुचनाको भरपर्दो र सम्पुर्ण सुचनाको संगालो बनाउने तर्फ पनि हामी केन्द्रीत रहनेछौं ।
अन्त्यमा, हाम्रो प्रयास तव सार्थक हुनेछ जव तपाईहरुको साथ, सहयोग र हामी प्रतिको विश्वास बढेर जानेछ र हामी यो कुरामा ढुक्क र आत्मविश्वासी छौं कि तपाईहरुको माया पाइरहन हामी कुनै कसर नराख्ने गरी अघि बढ्न सक्षम छौं र रही रहनेछौं ।