समाचार

नेजाको निर्वाचन समिति र विधान संशोधन समिति गठन

By canadakhabar

April 16, 2016

न्यूयोर्क,अमेरिका अमेरिकामा रहेका नेपाली संचारकर्मीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा ) आफ्नो पाँचौं अधिवेशनमा जुटेको छ । संघको पाँचौं अधिवेशन यही मे ७ र ८ तारिख क्यालिफोर्नियाको लस एञ्जलस शहरमा सम्पन्न हुँदैछ । यो अधिवेशनले आगामी दुई वर्षका लागि नेजाको नयाँ नेतृत्व समेत चयन गर्नेछ । यसैगरी अधिवेशनकै अवसर पारेर दशौँ वार्षिक साधारण सभा समेत सम्पन्न हुँदैछ । नेजाको नयाँ नेतृत्व चयनका लागि पत्रकार तरुण पौडेलको संयोजकत्वमा एक पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा संचारकर्मीहरु संजय घिमिरे,नारायण सापकोटा,निमा पाख्रिन र केदार तिमल्सेना सदस्य रहनु भएको छ ।

यसैगरी नेजाको विधान संशोधनका लागि संस्थापक अध्यक्ष गिरिश पोखरेलको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन समिति समेत गठन गरिएको छ । समितिमा नेजा कार्य समितिका सदस्य मधुकर अधिकारी र संचारकर्मी रामचन्द्र भट्ट सदस्य रहनु भएको छ । अधिवेशनको अन्य तयारी जारी रहेको छ । यसका लागि समितिका सचिव सुदीप पन्तको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी जिम्मेवारी सुम्पिए अनुसार समितिले अधिवेशन स्थल,प्रतिनिधि बसोवासका लागि होटल व्यवस्थापन र खानपीनको प्रबन्ध लगायतका अधिकांश मूख्य कार्यहरु पुरा भैसकेको जनाएको छ । अतिथि र प्रतिनिधिहरुको लस एञ्जलस बसाईलाई स्मरणीय बनाउन मनोरन्जनात्मक कार्यक्रम बारे पनि प्रयास भैरहेको छ । यसै अवसरमा नेजाले आफ्नो द्वैवार्षिक ‘प्रयास’ समेत प्रकाशन गर्दैछ । पाँचौं अधिवेशनमा अमेरिका र क्यानाडामा रहेका १४८ जना नेपाली मूलका संचारकर्मीहरु प्रतिनिधि रहेका छन् । जसमध्ये ११ जना आजीवन र १३७ जना साधारण सदस्य रहेका छन् । नेजाका सदस्यहरुको नामावली निम्न अनुसार रहेको छ : गोविन्द गिरी प्रेरणा,गिरिश पोख्रेल,गौतम दाहाल,अंकुश नेपाल,गुणराज लुईटेल,सुशील न्यौपाने,मधुकर अधिकारी,विकासराज न्यौपाने,राम खरेल,केदार तिमिल्सेना,अनिल पाण्डे गरी एघार जना आजीवन सदस्य रहनु भएको छ । यसैगरी साधारण सदस्यहरुमा अग्नी चौलागाईं,अमृत कट्टेल,आङछिरिङ शेर्पा,अनिल थापा,अनुज थापा,अञ्जन श्रेष्ठ,अन्जय नेपाल,अरुण भट्टराई,ईश्वरी न्यौपाने,उपेन्द्र सापकोटा,कविन्द्र सिटौला,कमला थापा,किशन रेग्मी,केशर कार्की,कृष्ण सन्जेल केसी,कृष्ण शर्मा,कृष्ण धरावासी,श्रीकृष्ण गौतम,श्रीराम थापा,गीता पन्थ,गोकूल ढकाल,गोविन्द सिंह रावत,चक्रपाणी अधिकारी,चक्रपाणी मिश्र,चन्द्र खतिवडा,जाङबु शेर्पा,जोशिला देवकोटा,डम्वर वहादुर कार्की,डोल्मा लामा,तारा बराल,तारा रावल,तरुण पौडेल,तेजप्रसाद ढकाल,तिलक कार्की,तेम्बा दोङवा ह्योल्मो,तोयानाथ दाहाल,दिपक प्रसाद अधिकारी,दिपकराज तिवारी,दिवस पोख्रेल,धर्म भट्टराई,धु्रव कुँवर,नवराज श्रेष्ठ,नारायण सापकोटा,नारायण श्रेष्ठ,नातिवावु भट्ट,निल बहादुर खड्का,निमा पाख्रिन,निदेश अधिकारी,पदमराज पौडेल,परशुराम तिमिल्सेना,प्रकाश थापा,प्रभात सापकोटा,प्रतिमा बाँस्कोटा,प्रेम परियार,पूर्णचन्द्र वराल,पुष्कर वराल,बिटु केसी,बलराम थापा,बालकृष्ण जोशी,बासु अधिकारी,भगवान खड्का,भरत बराइली,भूपेन्द्र थापा,भुवन आचार्य,भुपेन्द्र महत,भोज वहादुर वलायर,भोला आचार्य,मच्छेदेवी गुरुङ्ग,मनोज घिमिरे,मानछिरिङ्ग तामाङ्ग,यम घिमिरे,योगेश उपाध्याय,ज्योती देवकोटा,युवराज खनाल,योगेश खतिवडा,रवि अधिकारी,रविन पिया,रमा सिंह,राजन कर्माचार्य,राजु आचार्य,राजुप्रसाद सिटौला,राजेन्द्रमणी राजभण्डारी,रामचन्द्र भट्ट,रामेश्वर भण्डारी,रामकृष्ण पौडेल,राम लामा, रोशन अधिकारी, लेखनाथ भण्डारी,लेखनाथ गौतम,लिला ओझा,विकल पराजुली ,विष्णुहरि घिमिरे,विनय अर्याल,विजय थापा,विजय घिमिरे,विश्व राज थापा,विजयराज भट्टराई,विमल ज्ञवाली,विष्णु पौडेल शितल,विपीन खडका,विराज भण्डारी विष्णु भण्डारी,सहदेव पौडेल,सूर्य थापा,सीता पाण्डे,सीता कोइराला,,सुरेश पोखरेल,संझना नेपाल पोखरेल,समुन्द्र कार्की,सञ्जय घिमिरे,सन्जोक आचार्य,सन्तोष न्यौपाने,सर्वज्ञ वाग्ले,सन्दिप चौधरी,सुदिप पन्त,सुदर्शन वली,सुजन पण्डित ,सुमन कार्की,सुनिल मणि दाहाल,सुरज भण्डारी,सुशिल क्षेत्री,शम्भु दवाडी,शिव विष्ट,शिव नेपाल,शैलेश आचार्य,शंकरराज वाग्ले,शरद पोख्रेल,सूर्य प्रसाईं,शैलेश पोखरेल,शरद प्रसाद धिताल,शेरबहादुर केसी,शिवहरि खतिवडा,शीला पाण्डे,शिव मल्ल,हरिहर दाहाल,हिरावहादुर थापा र होम प्रसाद लम्साल रहनुभएको छ ।