समाचार

नायक दिलिप रायमाझीको चमक क्यानडामा

By canadakhabar

April 17, 2016

गोकर्ण लामिछाने मिसिसागा,क्यानडा अप्रिल,१७ नेपाल जनजाती संघ क्यानडा र नेपाली कम्युनिटी नेट्वर्क क्यानडाको संयुक्त आयोजनामा नयाँ वर्ष सांस्कृतिक सांझ सम्पन्न भएको छ । मिसिसागास्थित ग्राण्ड ताज पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा बिशेषगरी मिसिसागा, ब्राम्टोन र टोरोन्टो निवासी नेपाली समुदायको उपस्थिती थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा  क्यानडाकालागी नेपाली राजदुत कालीप्रसाद पोखरेलले नयांबर्षको शुभकामना दिदै प्रवासमा रहेर पनि नेपाली  एकजुट भएर नेपाली संक्रिती र परम्परालाई निरन्तरता दिएकोमा आयोजक लगायत उपस्थित समुदायको प्रशंसा गर्दै धन्यवाद दिए ।

नेपालको फिल्मी जगतमा आफ्नो स्थान जमाउन सफल नायक दिलिप रायमाझीको प्रस्तुती कार्यक्रमको मुख्य आकर्षण थियो । चलचित्र ‘कोहिनुर’को के म तिम्रो होइन र बोलको गीतमा नाचेका नायकलाई स्टेजमा  देख्ने बित्तिकै उपस्थित सबैले ताली बजाएर नायकलाई कम्मर मर्काउन हौसला दिईरहेका थिए ।

नयाँ बर्षको शुभकामना साटासाट गर्न भेला भएका समुदायलाई स्थानिय नेपाली कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउन भ्याए । माहोल तताउन सिपालु पुराना गायक रामकाजी मोक्तान युवा गायक आषिर्वाद सुबेदी , मिग्मार शेर्पा, इश्वर थापा लगायतले गीत गाएर दर्शक नचाएका थिए । नेपाली लोक संक्रिती झल्कने मौलिक गीतमा साना नानीबाबुहरुको न्रित्यले पनि दर्शकको ध्यान खिचेको थियो । 

एकता र मेलमिलाप सन्देश दिदै नेपाली समुदाय एकै ठाउंमा भेला भएर खुशी साटासाट गर्न यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था जनजाती संघ क्यानाडाका सदस्य रमेश रानाले बताए । क्यानडाको मिसिसागा र ब्राम्टोनमा केन्द्रित नेपाली समुदायको प्रतिनिधित्व गर्दै आएको यस संस्थाले नयाँ बर्ष शुभकामना सांझ र दसैं बिशेष कार्यक्रम हरेक बर्ष आयोजना गर्दै आएको छ ।