कला / मनोरञ्जन

बैसाख ३१ बाट ‘विरानो माया’ प्रदर्शनमा, ट्रेलर सार्वजनिक

By canadakhabar

April 18, 2016

वैशाख ५,काठमाडौ चलचित्र विरानो मायाको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर आईतवार राजधानिको सिटि म्याक्स हल वागवजारमा बिरानो माया युनिटले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.लि.को व्यानरमा सावित्री अधिकारी र मिलन लामाको निर्माण तथा माधव खरेल द्धारा लेखन एवं निर्देशन रहेको चलचित्र विरानो मायामा नेपाली समाज भित्रका यथार्थतालाई उतारिएको छ । कलाकारहरु श्रीदेव भट्टराई, बिपासा केशी, रोहित रुम्बा र नम्रता सापकोटाको मुख्य भुमिकामा रहेको चलचित्र विरानो मायामा दिनेश डिसी, माधव खरेल आदिको पनि अभिनय रहेको छ ।

सञ्चारकर्मीको रुपमा राम्रो छवि बनाएका लेखक तथा निर्देशक माधव घिमिरे, पछिल्लो समय राम्रा चलचित्र तथा म्युजिक भिडियो निर्देशन गर्ने निर्देशकका रुपमा चिनिन्छन् भने नायक श्रीदेव भट्टराई, रोहित रुम्बा, बिपासा केशीलाई पनि अभिनयमा दह्र्रो पकड भएका कलाकारको रुपमा लिईन्छ । ईलाम, झापा आदि स्थानमा छायाँकन गरिएको चलचित्र विरानो माया प्र्रेम, रोमान्स, कमेडी आदि कुराले ससक्त बनेको कलाकार तथा फिल्मका निर्देशकले बताए । चलचित्रमा पूर्वको लिम्बु संस्कृतीलाई पनि जोडिएको छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीयको प्रमुख आतिथ्यमा भएको ट्रेलर सार्वजनिक समारोहमा, निर्देशक संघका उपाध्यक्ष सुमन दहाल, सञ्चारकर्मी भरत बम्जन, चलचित्र बितरक सुनिल मानन्धर, चलचित्र लेखक तथा निर्देशक मोहन निरौला आदिले चलचित्र विरानो मायाको बारेमा बोलेका थिए । संकर महर्जनको द्वन्द रहेको विरानो मायालाई प्रीतम पाण्डेले सम्पादन गरेका हुन्।