समाचार

राजदुत लामालाई धन्दाको आरोप

By canadakhabar

April 18, 2016

अर्जुन बराल सोल – ब्यबस्थापिका संसदको मानवअधिकार तथा अन्तराष्ट्रिय बिभागको समेत अनुभब बटुलेका दक्षिण कोरियाको लागि नेपाली राजदूत कमानसिंह लामा दक्षिण कोरियाको प्रतिष्ठित पुरस्कार “द ग्रेट प्राईज फर कोरियन सिटिजन २०१३” बाट सम्मानित व्यक्ति हुन् । उनले आफ्नो चारबर्षे कार्यकाल यहि बैशाख २५ गते समाप्त गदैछन् । चारबर्षे कार्यकाल राजदुत लामाको बिबादास्पद रहित भने हुन सकेन । तत्कालीन समयका उपनियोग प्रमुख राजाराम बर्तौलाले राजदुत लामाका कतिपय दम्भपूर्ण अहम कार्यलाई बिरोध गरेका कारण उनीहरु कोरियाबाट संचालीत केहि अनलाईन मिडियामा समाचारका खुराक बेलाबेलामा बन्ने गरेका गरेका थिए । साथै लामाको भुमिकाका बिषयमा कोरियामा रहेका नेपाली संघसंस्थाले बेलाबेलामा बिरोध समेत जनाए । बिरोधैबिरोधका बाबजुद आफ्नो कार्यकाल सिध्याएर जान लागेका राजदुत लामामाथि लागेका आरोपहरु यस्ता छन् ।

(१) आफनो निवासको भाडा साबिक भन्दा दुईलाख रुपैयाँ बढी देखाएर अनियमितता गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका । (२) राजदुत रहेका बेला चीन भ्र्रमणका नाममा ११ जना नेपालीलाई त्यतैबाट कोरिया भित्राउने योजनासँगै भिषा एप्लाई गर्दा चिनियाँ दुतावासबाट भिषा अस्विकृत गरिएकोे ।

(३) काठमाण्डौको ठमेलमा आफ्नै लगानिमा संचालीत होटल “ठमेल ईको” मा युवाहरुलाई कुक टे«निङ दिने र मोटो रकम असुली कोरियाको राजधानी सिओलदेखि ४० किलोमिटर टाढामा रहेको निजको छोरि निमा लामाको तीसहजार डलर लगानीमा संचालीत ओम नमस्ते रेष्टुरेन्टमा बिभिन्न दलाल मार्फत श्रमसेटिङ्ग मिलाएर मानव तस्कर धन्दा चलाएको । (४) कोरियास्थित नेपाली दुतावासमा मेसिन रिडेबल पासपोर्ट बनाउने नेपालीलाई अन्यत्र खिचेको फोटोलाई नमिलेको भन्दै सरकारले तिरेको दुतावास भवनको भाडामा आफनै फोटो स्टुडियो चलाई कार्चुङ लामालाई स्टुडियो कर्मचारी राखि कमाउ धन्दा गरेको । (५) लोकल स्टाफको रुपमा भाई निर्मल लामालाई सवारीचालकका रुपमा राखेको । (६) राजदुत पदमै रहेका बेला निर्बाचन आचारसंहिता उल्लघन गदै कोशीपारी क्षेत्रनम्बर १ का संबिधान सभा निर्बाचनका माओबादी उम्मेदवार सुर्यमान दोङलाई भोट माग्न हिँडेको अबस्थामा स्थानीयबाट लखेटिएको । (७) एकीकृत नेकपा माओबादीलाई निर्बाचनका बेला पदीय आचारसंहिता उल्लघन गदै पैसा बुझाएको । (८) लुम्बिनीको अखण्ड शान्तिद्धिप कोरिया भित्राउने क्रममा केहि नेपालीसँग मोटो रकम असुली निजका श्रीमती कोरिया भित्राएको । (९) नेपालीका समस्या समाधान भन्दा आफ्नै कमाउँ धन्दामा बढी लागेको ।