काठमाडौं हुण्डी गरेको आरोपमा प्रहरीको एक टोलीले काठमाडौंको केशरमहलबाट सोमबार दुईजनालाई १२ लाख नगरसहित पक्राउ गरेको छ ।
केशरमहलस्थित धरमकुमार गुरूङको देवु ट्राभल्स एजेन्सीमा हुण्डीको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर मंगलबजार बस्ने बाँकेका ३० वर्षीय दलबहादुर पुन र काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने ५१ वर्षीय लव नेपाल छन् ।
उनीहरुका साथबाट १२ लाख नगद, ५० लाखको चेक र हुण्डीमा प्रयोग हुने सिग्नल एवं म्यासेजहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।