विचार

क्रिस्चियनबाद र माओबाद हैन राजतन्त्र र हिन्दु राज्यको खांचो छ

By canadakhabar

April 28, 2016

 

     नेपालको अस्तित्व बचाउन इसाईहरुलाई यो भूमिमा चलखेल गर्न दिनु हुन्न । सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरुलाई यहाँबाट लखेटेकाले क्रिस्चियनहरु हिन्दु र नेपालप्रति नकारात्मक बनेका हुन् ।

नेपाललाई ध्वस्त बनाउन भारतको गुप्तचर संस्थाको सक्रिय बढ्दै गएपछि पछि अमेरिकी सरकारले माओवादीलाई आतंककारी मार्कामा राखेता पनि अमेरिकाकै गुप्तचर संस्था ‘सिआए’ र क्रिस्चियन मिसन पहिलेदेखि नैं माओवादीसँग लागेको रहेछ र अहिले पनि सहयोग गरिरहेको छ ।

जनयुद्धको समयमा माओवादीले गाँऊ गाँऊमा मंन्दिरहरु भत्काए, देवमूर्तिहरु फोरे, बाहुन क्षेत्रीहरुलाई गाईको मासु कोच्याए । गाउँघरमा चल्दैआएका चाडपर्व, कुलधर्म, रितितिथि मान्न दिएनन् । आमाबाबुको क्रिया गरेर बसेका क्रियापुत्री मारिए । संस्कृत विश्वविद्यालय र त्यहाँका महत्वपुर्ण ग्रन्थहरुलाई अलेक्जेन्डरका सिपाईले तक्षशिला विश्वविद्यालयका आदि ग्रन्थ र हिन्दुधर्मका पुस्तकहरुमा आगो लगाए झै गरेर जलाए ।

कर्णलीतिरका महिलाहरुलाई चुरापोेते, सिंदुर नलगाउने उर्दी लगाए । ती सबै कुकार्य बाबुराम भट्टराईको नेतृत्वमा क्रिस्चियनको इशारामा गरिएको रहेछ । नेपाल जस्तो वैदिक सनातन हिन्दु भूमि माथि पनि हिन्दुहरुलाई पैसाको लालचा देखाएर हिन्दुहरुलाई क्रिस्चियनमा परिणत गराएर जसरी भएपनि हिन्दुको अस्तित्व समाप्त गर्नेमा छन् । अतः यस्ता आपराधीक घटनाको बिरुद्ध हामी नेपालीहरु टुलुटुलु हेरेर बस्न सक्तैनौं ।

माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईहरु पनि क्रिस्चियन भएकाले उनीहरु सत्तामा आएपछि धर्म परिवर्तन गराउन अरु सजिलो बन्न गयो । हामीले देखेका छौं– इसाईहरु कति लुच्चा र हरामी हुँदा रहेछन् भने २०६३ सालको आन्दोलनको अघि–अघि तोडफोडगर्दै उग्र नारा लगाउनेहरु सबै क्रिस्चियनहरु थिए । बाबुराम भट्टराईका नेतृत्वमा पृथ्वीनारायण शाहका शालीक भत्काउने सबै क्रिस्चियन माओवादी थिए ।

दाङ संस्कृत विश्वविद्यालयमा आगो लगाउने माओवादी नैं थिए । पौष २७ गतेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सार्वजनिक बिदा हटाउने कांग्रेसका भारतीय गुप्तचर संस्थाका एजेन्ट भनिएका माओवादी र भारतीय गुप्तचर र माओवादीको सिफारिसमा गृहमंत्री बनेका कृष्ण सिटौलाले नैं थिए ।

२०६३ साल जेष्ट ४ गते विदेशीको पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष घोषित गर्ने यिनीहरु र सभामूख सुबास नेम्वाङ नैं हुन् । यिनीहरुको गद्दारीपन बुझेपछि क्रिस्चियनहरु पैसाको खोलो बगाउँदै धर्मपरिवर्तन गराउन झन्झन् सक्रिय बनेर नेपालका गाउँगाउँमा छिरेका हुन् ।