समाचार

हामी सधैं सम्झी रहनेछौं !

By canadakhabar

April 29, 2016

एक दशक भन्दा बढी पत्रकारिता संगै कलाकारीमा  समेत  सकृय रहेका पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित क्षेत्री  केही समय अगाडि ट्युमरको शल्यक्रिया गरेपश्चात निको भएका थिए ।

एक्कासी समस्या बल्झिएपछी उनलाई माइतिघर स्थित अन्नपूर्ण न्युरो अस्पताल लागिएको थियो बिहीवार बेलुका उपचारकै  क्रममा उनको निधन भएको हो ।

‘धोका दिनेलाई के भनौं र खोइ’ ,’औंठी चिनो छ रुमाल रुझाउछु’, ‘एक धर्को सिन्दुर’ लगायत चर्चित लोक दोहोरी गीत रचना गरेका क्षेत्री कलाकारीता समेत सकृया थिए । स्याङ्जास्थाई घर भएका उनको श्रीमती र एक नबालक छोरा छन् ।

रेडियो पत्रकारितामा सकृया क्षेत्री उज्यालो ९० नेट्वर्कमा कार्यरत थिए ।