समाचार

मनकारी बिदेशी

By canadakhabar

May 01, 2016

महिन्दो तामाङ इट्ली    Pk Nigro  सङ्गितका शिक्षक हुन । उनी इटालिको कुनै विध्यालयमा सङ्गीत सिकाउछन । फुर्शदको समयमा सडकमा पुग्छन र सार्वजनिक स्थलमा आफ्नो साङ्गितिक तिर्सना मेट्छन ।

हरेक शनिवार , आइतबार बिदाको दिन उनी मिलान सिटिको मध्य तिर कतै गीत गाइरहेका भेटिन्छन । अघिल्लो वर्ष देश भुकम्पमय वन्यो । अझै पनि भुकम्पले ढलेका कयौ घरहरु उठ्न सकेका छैनन ।

यहि क्रममा धेरैले धेरै तरिकाले सहयोग गरे । हामी पनि आजका दिनमा मिलानको मध्यतिर सहयोग उठाउन जुट्यौ । यहि क्रममा उनी हामी सङ्ग नजिक हुन आइ पुगे । उनी सडकमा गीत गाउछन र माग्छन ।

तर त्यो दिन उनको पनि मन पग्लियो । जुन दिन आज एक वर्ष पुग्दैछ । त्यो दिनको उनको कमाइ नेपालको सहयोगको लागि दान गरे ।

महिन्दो तामाङ/क्यानडाखवर