समाचार

एनिमल वेलफेयरका लागि कन्फरेन्स

By canadakhabar

May 04, 2016

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आइ.भि.एस्.ए नेपाल (IVSA Nepal) ले “इन्टरनेशनल कन्फ्रेन्स् अन् लाइफ्स्टाइल् , एनिमल् वेल्फेयर् एण्ड् भेटेरिनरि स्टडीज्” शिर्षकमा अन्तरास्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ ।

  इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट एसोसियसन नेपालले आइ.भि.एस्.ए ब्रानो (IVSA Brano) बाट आएका १० जना संस्थाका गैर सदस्यहरुलाइ केहि दिन अघि स्वागत गरेको थियो ।

चेक रिपब्लिक र स्लोभाकिया देशका , ब्रानो सहरमा अवस्थित युनिभरसिटि ब्रानोमा अध्ययनरत आइ.भि.एस्.ए ब्रानोका अधिकृतहरुका तर्फबाट यारास्लोभ स्काला र मारकेटा हालाडोबाले अन्तरास्ट्रिय कन्फरेन्समा प्रतिनिधी गर्दै प्रेजेन्टेशन दिएका थिए । अन्तरास्टीय कन्फरेन्समा पक्लिहवा क्याम्पस , कृषि तथा वन विज्ञान अध्ययन संस्थानबाट दुइ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालय बाट २ जनाले प्रेसेन्टेशन दिएका थिए ।

कार्यक्रम आइ.भि.एस्.ए नेपालका अध्यक्ष युवराज पन्थको अध्यक्षता भएको थियो । आइ.भि.एस्.ए नेपालले स्थापनाकालको तेस्रो वर्षमा नै निकै धेरै योगदान पुराइसकेको र अन्तरास्ट्रीय स्तरको प्रोगाम गर्न तयार भएकोले यो कन्फरेन्स गरिएको उनले बताए ।

नेपालका बिद्यार्थी संगठनले आयोजना गरेकोमा यो पहिलो अन्तरास्ट्रिय कन्फरेन्स भएको उन्को दाबि छ । आइ.भि.एस्.ए नेपालले पछिल्लो पटक विश्वविद्यालयलाइ २० ओटा ल्याप्टप र १ ओटा प्रीन्टर अनुदानमा बुझाएको थियो ।