समाचार

नेपालीले पत्ता लगाए नयाँ ग्रह

By canadakhabar

May 05, 2016

अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन् ।

युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खगोल भौतिक विज्ञान पढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ८३२’ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्वान्तिक आधार प्रस्तुत गरेको छ ।

गिल्जा ८३२ ताराको आकार सूर्यको आधा छ । सूर्य पनि एउटा तारा हो ।

‘हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्य विश्लेषणका आधारमा ब्रहृमाण्डमा नयाँ ग्रह रहेको निष्कर्षमा पुगेका हौं,’ सत्यालले भने, ‘यसअघि सो तारालाई परिक्रममा गर्ने दुई ग्रह पत्ता लागिसकेका छन् । ती दुबैका बीच नयाँ ग्रह भेटिएको हो ।’

एक प्रकाश वर्ष भन्नले प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो ।