एजेन्सी । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको होडमा रही प्रतिस्पर्धाबाट बाहिरिएका जेब बुशले डोनाल्ड ट्रम्पलाई भोट नदिने घोषणा गरेका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीमा करिब निश्चित मानिएका डोनाल्ड ट्रम्पलाई भोट नदिने उनको भनाई छ ।
फ्लोरिडा राज्यका पूर्व गभर्नरसमेत रहेको पूर्व राष्ट्रपति जर्ज बुशका छोरा र जर्ज डब्लु बुसका भाई जेबले ट्रम्पलाई सघाउन अस्विकार गरेका हुन् ।
बुसको यस्तो भनाई सार्वजनिक भएसँगै रिपब्लिकन पार्टीभित्रको अन्तरविरोध सार्वजनिक भएको हो ।
रिपब्लिकन पार्टीभित्र निकै अलोकप्रिय रहेका ट्रम्पलाई अन्य शीर्ष नेताहरुले समेत साथ नदिने संकेत यसअघि नै गरिसकेका छन् ।