एजेन्सी । बेलायतको लण्डनमा पहिलो पटक मुस्लिम समुदायका व्यक्ति मेयर बनेका छन् ।
बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सादिक खान लण्डनको मेयरमा निर्वाचित भएका हुन् ।
खान निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिक पार्टीका ज्याक गोल्डस्मिथलाई हराएर लण्डनको मेयरमा निर्वाचित भएका हुन् ।
खानले १३ लाख १० हजार एक सय ४३ तथा गोल्डस्मिथले ९ लाख ९४ हजार ६ सय १४ मत प्राप्त गरे ।
खान युरोपियन युनियनमा रहेका देशको राजधानीको मेयर बन्ने पहिलो मुसलमान समेत हुन् ।
लण्डनमा मेयर जितेपनि अन्य स्थानमा भने लेबर पार्टीले उल्लेख्य जनसमर्थन पाएन ।