एजेन्सी । अफ्रिकी राष्ट्र क्यामरुनको राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर प्याट्रिक एकेङगको निधन भएको छ ।
रोमानियन लिग अन्तर्गत शुक्रबार राति भिआइटोरलसँगको खेलको क्रममा डाइनामो बुकारेस्ट क्लबबाट खेलिरहेका मिडफिल्डर एकेङग मैदानमै ढल्न पुगेका थिए ।
मैदानमा ढलेलगत्तै २६ वर्षीय एकेङ्गलाई अस्पताल लगिएको थियो । अस्पताल लगिएको दुई घन्टामा नै उनको मृत्यु भएको हो ।
क्यामरुनको फुटबल एसोसिएसनले एकेङगको निधन भएको पुष्टी गर्दै आफूहरुले एक असल सहयात्री गुमाएको बताएको छ ।
उनको पूर्व क्लब कोर्डोबाले उनको निधनले निकै दुखी भएको र यो दुख व्यक्त गर्ने शब्द नै नरहेको बताएको छ । खेलकै क्रममा हृदयघात भएपछि उनको मृत्यु भएको बताइएको छ ।
सन् २००३ मा क्यामरुनका मिडफिल्डर मार्क विविएन फोएको फ्रान्समा भएको कन्फेडेरेसन कप अन्तर्गत कोलम्बियासँगको खेलका क्रममा हृदयघातका कारण निधन भएको थियो ।