- सुरज भण्डारी
पछिल्लो केही दशक यता पत्रकारिताले ठुलो फड्को मारेको छ । नविन प्रविधिको उपयोगले संचारमा क्रान्ति नै ल्याएको छ । विश्व संचारमा आएको क्रान्तिवाट नेपाल र नेपाली समेत लाभान्वित भैरहेको अवस्था छ । नेपालको परिदृश्यमा कुरा गर्दा समेत संचार क्षेत्रको विकास गर्वयोग्य बनेको अवस्था छ । संचार प्रविधिको वढ्दो विकासले सुचनामा आम नेपालीको पहुचलाई ह्वात्तै बढाएको छ ।
नेपालको अन्य क्षेत्रको विकाससग संचारको विकासलाई दाज्दा जमिन आकाशकै फरक अनुभुती हुने अवस्था विद्यमान रहेको छ । अन्य पुवार्धारको विकासमा भैरहेको ढिलासुस्तीले आम नेपालीमा नैराशयता रहेपनि सगसगैं कम्तिमा संचारमा भएको विकासको अवस्थाले संचार प्रविधिको प्रयोगकर्तालाई हर्षित मात्रै तुल्याएको छैन आज हरेक नेपाली एक आपसमा जोडिने अवस्थाको निर्माण भएको छ, यो उपलब्धी सम्तोषजनक रहेको छ । संचारमा आएको नविनतम प्रविधिको उययोगले सुचनाको दायरालाई समेत फराकिलो पारेको छ ।
नविन संचारको युगले विश्व खवरको दायरा साघुरिएको छ । पलभरमै एक धुव्रको घटना अर्को धुव्रका बासिन्दाले जान्न र बुझ्न सक्ने अवस्थाको निर्माण भएको छ । संचारको बदलिएको परिवेशले विश्व मानचित्रलाई एउटा परिधिमा बाधेको छ । खुल्ला विश्व वजारमा विश्व एउटा खुल्ला पाठशाला बनिरहेको छ । जुन पाठशालामा जो कोही पनि अध्ययन गर्न र अवसर निर्माण गर्न खुल्ला छन् । यही पाठशालामा केही दशक यता नेपालीको उपस्थिति पनि ह्वात्तै बढेको छ ।
विश्वका अधिकांश राष्ट्रमा नेपालीको उपस्थिति बाक्लिरहेको छ । विभिन्न प्रयोजनले नेपालीको उपस्थिति विश्वभर वढिरहेको मात्र छैन, नेपालीको पहुचमा समेत वृद्दि भैरहेको छ ।
जन्मभुमी नेपाल र कर्मभुमी नेपाल बाहिर खोजेका, खोज्ने र खोजिरहेकाहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्वको नविनतम खोज, प्रविधि र सुविधासग सिकौरी खेल्दै नेपाल बाहिर रहेका नेपालीको नेपाल विकासमा विशिष्टिकृत योगदान रही आएको छ । विश्व श्रम वजारको महत्वपुर्ण हिस्सा बनिरहेको नेपाली आज विश्वको विकसित मुलुकका लागि समेत अग्रणी भुमिकामा आफ्नो उपस्थिति दर्साउन सक्षम बन्दै गएका छन् । आज नेपालबाहिर पनि नेपालीको संख्या उल्लेख्य बढेसगै नेपाली पत्रकारिताको अभ्यास, नेपाली पत्रकारिताको नेपाल बाहिर बिकास र त्यसको निरन्तरताको क्रम पनि बढेको छ ।
विदेशमा रहेका नेपालीहरुको खवर, नेपालभित्रको खवर तथा विश्व परिघटनासग नेपालीलाई जोड्ने कडीको रुपमा विदेशमा समेत नेपाली पत्रकारितासग गासिएर विभिन्न सुंचारमाध्यमहरु खोलिने क्रम बढिरहेको छ । पछिल्लो दशक वढेको डिजिटल जर्नालिज्मले अझ त्यसलाई सरल बनाएको छ । विदेशको व्यस्त दिनचर्यालाई मध्यनजर गर्दा डिजिटल जर्नालिज्म निकै उपयोगी सावित भैरहेको छ, डिजिटल जर्नालिज्म मात्र होइन पछिल्ला केही समय यता विदेशी भुमिबाट नेपाली पत्रकारितालाई बल पुग्ने नेपाली भाषाका छापा माध्यम, टेलिभिजन र रेडियो संचालन भैरहेका छन् भने खुल्ने क्रम पनि बढिरहेको छ, साथ साथैं विदेशी संचारमाध्यमहरुमा नेपाली भाषाका कार्यक्रम तथा समाचार समेत प्रसारण हुन थालेको छ ।
अहिले जहा जहा नेपालीको उपस्थिति बढिरहेको छ, ती अधिकांश देशमा नेपाली भाषाका कुनै न कुनै संचार माध्यम संचालन भैरहेको छ या खुलेको अवस्था छ । कम्तिमा अनलाइन संचार माध्यम समेत खुलेको अवस्था छ । कतिपय देशमा दर्जन बढी नेपाली भाषाका संचार माध्यम खुलेको अवस्था छ । छापा, रेडियो या विकसित अनलाइन संचार माध्यमको संचालनले सुचनामा नेपालीको पहुचलाई बढाएकोमा कुनै द्धिविधा छैन, साथ साथैं विदेशमा नेपाली पत्रकारितालाई फराकिलो बनाइरहेको छ । विदेशमा वढ्दो नेपाली भाषाका संचारमाध्यमहरुले नेपाली पत्रकारितालाई टेवा दिएकोमा कुनै सन्देह गर्ने अवस्था नरहेपनि यिनीहरुको निरन्तरताको प्रश्न भने उत्तिकै ज्वलन्त बनिरहेको छ । विदेशी भुमीवाट नेपाली भाषाका संचारमाध्यमहरु संचालन गर्दा त्यसको निरन्तरतामा सवैभन्दा ठुलो चुनौती आर्थिक रहेको छ । साघुरो विज्ञापन वजार, नेपाली संलग्नता रहेको निकै कम व्यवसायिक प्रतिष्ठानर भर्खर भर्खर व्यवसायिकता तर्फ लम्किरहेको नेपाली समाजवाट संचारमाध्यमहरु धानिनुपर्ने अवस्था रहेको छ ।
जसले माग र आपुर्तिको सन्तुलन मिलाउनु निकै असहज रहेको छ जसका कारण पछिल्लो समय आफ्नो सोखका लागि या पत्रकार बन्न र बनिरहनका लागि समेत अनलाइन खोल्ने क्रम बढिरहेको छ । विश्वकै पछिल्लो भरपर्दो सर्वसुलभ सुचनाको माध्यम अनलाईन संचारमाध्यमलाई कहि कतै हामीले केवल पत्रकार बनिरहनको लागि मात्रै त उपयोग गरिरहेका छैनौं यो प्रश्न अहिले अहं बनेर आएको छ । अथवा रिस साध्नकै लागि अनलाइन या संचार माध्यमहरु खुलेका त छैनन् यि यस्ता यक्ष प्रश्नहरु अहिले ज्वलन्त बनेर उभिएको छ । विदेशमा रहेका नेपाली नेपाली विचको दुरी वढाउन वा समुह समुहमा नेपाली विभाजित गर्न त कतै यसले वल पुर्याएको छैन वा कतै सहयोग गर्ने नाममा हामी प्रयोग त भएका छैनौं यो छलफलको विषय बनिरहेको छ ।
अर्कोतर्फ पत्रकारिता गरेकै भरमा हामी अरुभन्दा आफुलाई फरक देखाउने नाममा पत्रकारिताको दुरुपयोग त गरेका छैनौं यो विषयमा समेत हामीले मनन गर्नु जरुरी छ । नत्र नेपाली पत्रकारिताको विकासमा प्रवासमा खुलेका नेपाली संचारमाध्यमहरुको भुमिकालाई यि यस्ता विषयले खल्लो सावित गराइदिने मात्र नभई पत्रकारिता र पत्रकारलाई हेर्ने समाजको दृष्टिकोणमा नै नकारात्मक सन्देश प्रवाह हुन सक्दछ । प्रवासमा समेत पत्रकारितालाई निरन्तरता दिइरहन खोज्नेहरुलाई यी यस्ता घटनाले लज्जाबोध गराउदछ । तसर्थ प्रवासमा नेपाली पत्रकारिताको जुन ढंगले विकास भैरहेको छ अव यसको व्वसायिकता तथा स्थायित्व तर्फ वहस र छलफल केन्द्रीत हुनु आवश्यक छ । विदेशमा खुलेका संचारमाध्यमहरुको निरन्तरताका लागि नेपालीको संलग्नता नरहेका व्यवसायिक प्रतिष्ठान, विज्ञापन कम्पनी, विभिन्न उत्पादनमुलक प्रतिष्ठानसम्मको पहुच बढाउनु अनिवार्य रहेको छ ।
नेपाली डायस्पोरामा मात्रै प्रवासको नेपाली पत्रकारितालाई संकुचित गराउने हो भने अवको केही दशकसम्म पनि प्रवासका नेपाली भाषाका संचारमाध्यमहरु व्यवसायिकतामा प्रवेश गर्ने अवस्था देखिदैंन । नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरु विचको एकता र नेपाली संघ संस्थाहरु विचको परस्परको सम्बन्धको निर्माणको खाचो बढेको छ । प्रवासमा रहेका नेपाली भाषाका संचारमाध्यमहरुले विश्वसनियतालाई उच्च प्राथमिकतामा राखेर नेपाली नेपाली विचको एकता निर्माणमा विशेष भुमिका खेल्न सक्नुपर्दछ ।
journalistsuraj@gmail.com