खोक्रो स्वाभिमान र जीवन दर्शन !!
गुन्द्रुकको झोलमा ढिंडो चोबेर अघाउने स्वाभिमानी म यता Boneless चिकेनमा चिल्ली मिसाएर चिकेन चिल्ली पड्काउदैछु जयपुरका जडाउरी भिरेर दसैं मनाउदा खुशी हुने म टाइसुट कसेर “How may I help you?” को सुगा रटाइमा ङिच्च दात देखाउछु र भन्छु Do you know where Mt. Everest is? Do you know who Buddha is? म सगरमाथा र गौतम बुध्दको शान हाँक्दछु म थप्छु “Do you know about Gurkhas, the honest & Brave??”Oh Ya Ya” को उत्तरसँग म डराउछु मेरो गद्दारी भित्रको ईमान्दारिताको खोक्रो लेपन देख्ला कि भन्ने डरले थर्थरी काँप्दछु ऊ भन्छ भेरी भेरी पिसफुल कन्ट्री बन्दुक लास र अपहरणका समाचार छोप्न मलाई धौ धौ पर्छ ऊ दोहोर्याउँछ यु आर रिच अफ मेनी रिभर्स एन्ड माउन्टेनस मलाई १२ घन्टे लोड्सेडीङले कुत्कुति लाग्छ म असिन पसिन हुन्छु म केबल हो मात्रै भन्छु आत्मग्लानि र अपराध बोधले निथ्रुक्क भिज्दछु मलाई यस्तो लाग्छ कि अब ऊसँग कुरा गर्न नपरोस निम्ठो रुपैयाले भारी नपुगेर, झुसी डलर सोहोर्न हिंडेको म लबस्तरो सि यु अगेनमा संवाद टुङ्याउछु गोर्खाली,गौतम बुध्द,सगरमाथा र आफ्नै नाममा एक अन्जुली पानी छर्किन्छु र आफ्नो आत्माको चीर शान्तिको कामना गर्दछु