काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दासढुंगा दुर्घटनाबारे छानविन गर्ने प्रतिबद्धता जनाएका छन् ।
दासढुंगा दुर्घटनाको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको हत्या भएको भन्दै छानविन गर्ने बताएका हुन् ।
उनले पुरानो पार्टी कार्यलयमा रहेको शालिकमा माल्र्यापण गर्दै मदन भण्डारी र जिवराज आश्रितको हत्या नै भएको ठोकुवा गर्दै यसको खोजिनीति गरिने बताएका हुन् ।
लामो समय बितसकेकाले अनुसन्धान कठिन हुने उल्लेख गरेपनि उनले कहिलेबाट छानवित प्रक्रिया सुरु गर्ने भन्ने बारेमा केही बताएनन् ।
यसअघि पनि थुप्रै नेताहरुले मदन–आश्रितको मृत्यु भएको दासढुंगा काण्ड र राजदरबार हत्याकाण्डबारे छानविन गर्ने बताएपनि त्यो बोलीमा मात्रै सीमित हुँदै आएको छ ।
कार्यक्रममा उनले मधेस आन्दोलनको कटाक्ष गर्दै यसको कुनै उद्देश्य र गन्तव्य नभएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आन्दोलनरत दलहरुले आन्दोलन छाडेर भुकम्पपछिको पुनर्निमाण अभियानमा सरकारलाई सघाउन आग्रह समेत गरे ।
प्रधानमन्त्री प्रधानमन्त्रीले देशमा लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट संविधान ल्याउनका लागि आन्दोलन भैसकेको र आन्दोलनका उपलब्धिहरु संथागत समेत भैसकेकाले अहिलेको आन्दोलनको कुनै अर्थ नरहेको बताए ।
प्रधानमन्त्री ओलीले आन्दोलनको दमन गर्ने पक्षमा सरकार नरहेको तर, अराजक भए नियन्त्रण गरिने स्पष्ट पारे ।