समाचार

इजिप्ट एयरको विमान ६९ जना यात्रु सहित वेपत्ता

By canadakhabar

May 19, 2016

एजेन्सी । इजिप्ट एयरलाइन्सको विमान वेपत्ता भएको छ । फ्रान्सको पेरिसबाट इजिप्टको कायरो जाँदै गरेको एमएस ८०४ विमान बेपत्ता भएको हो ।

वेपत्ता भएको विमानमा चालक दलका १० सदस्य तथा ५९ जना यात्रुसहित वेपत्ता भएको हो ।

पूर्वी भूमध्यसागरको माथि ३७ हजार फुटको उचाईमा रहेको बेलादेखि विमान सम्पर्कबिहीन भएको हो ।

इजिप्ट एयरको उक्त विमान स्थानीय समयअनुसार पौने ३ बजे बेपत्ता भएको हो । विमान कम्पनीले विमानका बारेमा आउने जानकारीहरुलाई जतिसक्दो छिटो सार्वजनिक गर्दै जाने बताएको छ ।