एजेन्सी । ताइवानमा पहिलो पटक महिला राष्ट्रपतिमा बनेकी छन् ।
डेमोक्रेटिभ प्रोग्रेसिभ पार्टी (डीपीपी) की नेतृ साई इंक वेनले पहिलो महिला राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेकी हुन् ।
उनी गत जनवरीमा आफ्नो पार्टीबाट भारी बहुमत ल्याएर विजयी भएकी थिइन् । उनले औपचारिक रुपमा शुक्रबारबाट राष्ट्रपतिको पद सम्हालेकी छन् ।
परम्परागत रुपमा डीपीडी चीनसँग अलग हुनुपर्ने मान्यता राख्ने पार्टी भएकाले अब चीनसँग कस्तो सम्बन्ध रहन्छ भन्ने विषयमा चासो उत्पन्न भएको छ ।
चीन ताइवानलाई आफूबाट अलग भएको प्रान्तको रुपमा देख्छ र आवश्यक परे बल प्रयोग गरेर भएपनि फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
राष्ट्रपति बनेलगत्तै साई इंग बेनले ताइवानले चीनसँगको अहिलेको सम्बन्धलाई निरन्तरता दिने भन्दै चीनले पनि ताइवानको प्रजातन्त्रको सम्मान गर्नुपर्ने बताएकी छन् ।