काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स बिजयी भएको छ ।
शुक्रबार राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै अन्तिम चारमा पर्ने सम्भावना जिवित बनाएको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले १ सय ५९ रनको लक्ष्य पाएको थियो । हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएपछि दिल्लीले सो लक्ष्य पाएको हो ।
हैदरावादका लागि डेभिड वार्नरले ५६ बलमा ७३ रन बनाए । दिल्लीका करुन नायरले उत्कृष्ट ब्याटिङ गर्दै ५९ बलमा ८३ रन बनाए ।
अन्तिम बलमा चौका हानेर नायरले दिल्लीको अन्तिम चारमा पर्ने सम्भावना कायम बनाए । दिल्लीले अन्तिम चारमा पुग्न आइतबार बैंगलोरलाई हराउनुपर्छ ।
शुक्रबारको खेल हारेपनि १६ अंकसहित हैदराबाद तालिको शीर्ष स्थानमा कायमै छ । १४ अंक भएको दिल्ली छैठौं स्थानमा छ ।