टोरोन्टो क्यानडा । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन् ।
घटनाका कारण केही समय ह्वाइटहाउसको बन्द गर्नुपरेको थियो । तर पछि फेरि पूर्ववत सञ्चालनमा गरिएको छ । यो समयमा राष्ट्रपति बराक ओबामा भने मेरिल्याण्डमा गल्फ खेलिरहेका थिए भने उपराष्ट्रपति जो बाइडेन भने ह्वाइटहाउसमै रहेका थिए ।
गोली प्रहारबाट गम्भीर घाइते बनेका आशंकित व्यक्तिको गम्भीर अवस्थामा उपचार भइरहेको छ । गत वर्षपनि यस्तै घटना भएपछि सुरक्षा व्यवस्थामा व्यापक फेरबदल गरिएको थियो ।