समाचार

भारतका कारण पाकिस्तानसहित कुन कुन देशलाई खतरा ?

By canadakhabar

May 22, 2016

एजेन्सी । भारतको परमाणु क्षमतावाली पनडुब्बी र सुपर–सोनिक ब्यालेस्टिक मिसाईल परीक्षणलाई लिएर पाकिस्तानी सञ्चारमाध्यले चिन्ता व्यक्त गरेका छन ।

पाकिस्तानी एक अखबारले भारतीय पनडुब्बीमा मिसाइल तैनाथ गरिएमा दक्षिण एशियामा शक्ति सन्तुलनमा असर पर्ने र यसबाट हिन्द महासागरको तटीय क्षेत्रमा रहने ३२ देशलाई खतरा हुने उल्लेख गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका विदेश मामिला सल्लाहकार सरताज अजिजले पाकिस्तानी सिनेटमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

अजिजले भारतबाट माल्दिभ्स, श्रीलंका, बहराईन, इरान, इराक, कुवेत, ओमान, कतार, साउदी अरब, युएई, इजिप्ट, दक्षिणी अफ्रिका, अस्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्याण्डलगायतका देशहरुलाई खतरा रहेको बताएका छन् ।

उनले राष्ट्र संघको आगामी महासभाको सत्रमा हिन्द महासागरलाई परमाणु हतियारबाट टाढा राख्ने विषयको एक प्रस्ताव लैजान लागेको र यी सबै ३२ देशको समर्थन लिने कोशिस गरिरहेको बताएका छन् । उनले भारतको सुपर–सोनिक इन्टरसेप्टर मिसाइलबाट पाकिस्तानलाई पनि खतरा रहेको उल्लेख गरे ।