काठमाडौं । सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।
महंगी र कालोबजाकिा विरुद्ध प्रदर्शन गर्न बालुवाटार पुगेको विद्यार्थीहरुले रित्ता भाँडाकुँडा, पानीको रित्तो जार र रित्तो सिलिण्डर, पानीजहाजको कार्टुन र रेलको कार्टुन प्रदर्शन गरेका थिए ।
उनीहरुले नक्कली पानीजहाज र रेल सडकमा गुडाउनुका साथै थाल ठटाउँदै विरोध गरे ।
विरोध प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै नेविसंघका नेताहरुले वर्तमान सरकार कालोबजाी, महंगी र भ्रष्टाचार नियन्तणमा असफल भएको आरोप लगाए । उनीहरुले सरकारले कालोबजारिया र शैक्षिक माफियाहरुको संरक्षण गरेको आरोप समेत लगाए ।
विद्यार्थी नेताहरु कालाबजारीको संरक्षणमा सरकार आफैं लागेको भन्दै अब विद्यार्थी नै बजारको अनुगमनमा जाने बताएका थिए ।
उनीहरुले प्रधानमन्त्रीले भूकम्पपीडित जनताको आवास निर्माण तर्फ काम गर्नुको साटो रेल र पानीजहाजको गफ दिएर जनतालई थप पीडा दिएको आरोप लगाए ।