देश

‘रन फर नेपाल’ नारासहित कोपन्हेगन म्याराथुनमा दाैडिए दुर्इ नेपाली

By canadakhabar

May 23, 2016

एजेन्सी । डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ती मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथुनमा सहभागिता जनाएका छन् ।

निर्धारित ४२.१५९ किलोमिटरको दुरी मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डमा पुरा गरेका छन ।

‘रन फर नेपाल’ स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथुनमा भाग लिन उनीहरूलाई कोपन्हेगन स्थित नेपाली दुतावास र नेपाल पर्यटन बोर्डले सहयोग तथा समन्य गरेको थियो ।

यो डेनमार्कमा वर्षेनि अायाेजना गरिने मध्यको महत्वपुर्ण म्याराथुन हो। यस म्याराथुनमा नेपालको सहभागिताले नेपाल लाई बिश्व समुदायबीच चिनाउन महत्वपुर्ण रहेको नेपाली दुतावासका कार्यबाहक राजदुत रामकाजी खड्काले बताए ।

रन फर नेपाल स्लोगन सहित टेलेनोर कोपन्हेगन म्याराथुनमा नेपालको सहभागिताले नेपालको पर्यटन प्रबर्धनको लागि सफल रहेको नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधी सोम सापकोटाले बताए ।

राष्ट्रको प्रतिनिधित्व गर्दै भाग लिन पाएकोमा आफ्नो सहभागितले देशलाई विश्व समुदायबीच चिनाउन सहयोग पुगेमा गौरव लागेको नेपाली दम्पत्ती मनोज दाहाल र मेन्दो लामाले बताए ।

टेलेनोर कोपन्हेगन म्याराथुनमा भाग लिएका मनोज र मेन्दोलाई हौसला बढाउन संयोजक संस्थाका प्रतिनिधिहरू र ठाउँ-ठाउँमा नेपालीहरू उपस्थित थिए।

कोपन्हेगनको आइल्याण्ड ब्रुगेबाट सुरू भै सहरको विभिन्न भाग हदै पुन: प्रारम्भस्थलमै पुगेर टुंगिने गरी रुट तय गरिएको उक्त म्याराथुन एकान्बे देशका ९ हजार ३ सय ८० जना धाबकहरुले भाग लिएको उक्त दौडमा पचास हजार भन्दा बढी दर्शकहरू सहभागिहरुलाई हौसला प्रदान गर्न कार्यक्रम स्थलमा उपस्थित थिए ।

यसबर्ष कोपन्हेगन म्याराथोनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले ४२.१५९ किलोमिटरको दुरी सबैभन्दा कम २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पुरा गरेका छन ।