साहित्य सिर्जना

खल्लो गणतन्त्र

By canadakhabar

May 29, 2016

 

डिबी तामाङ

मान्छे फरक, संस्कार उही चाहना फरक, अभाव उही । के गणतन्त्र, के राजतन्त्र ? हाम्रो नेपालमा ।

ठोक्ने र लुट्ने बद्नामी ycl तर घैंटे र चरी मार्दा सदन घेर्ने कांग्रेस एमाले । को लोकप्रीय, को ठोकप्रीय ? हाम्रो नेपालमा ।

बाउ कांग्रेस, दाई एमाले, भाई माओवादी को वामपंथी, को दक्षिणपन्थी ? हाम्रो नेपालमा ।

बाउ विप्लव, छोरा वैद्य लोग्ने माओवादी केन्द्र, स्वास्नी नयाँ शक्ति । को क्रान्तिकारी, को शंसोधनवादी ? हाम्रो नेपालमा ।

तन्त्र फरक, मन्त्र उही बोली फरक, गोली उही । को जनप्रीय, को निरंकुश ? हाम्रो नेपालमा ।

अव भन्नुस नेतागण ! म कसरी मनाऔं गणतन्त्र दिवश ? के राजा फाल्नु नै क्रान्ति हो ? त्यसो त हामीले भन्दा पहिले ज्ञानेन्द्रले राजा बिरेन्द्रलाई मारेर फालेका थिए । हामीले त ज्ञानेन्द्रलाई राजा हटाएर स–सम्मान पालिराखेका छौं । नेता गण ! सकिन मैले गणतन्त्र दिवश मनाउन, हर्ष, उमंग र गर्वले रमाउन । बरु, तिमी भन्दा ज्ञानेन्द्र नै बर्ता क्रान्तिकारी ! टुडिखेलको नौटंकी भन्दा नागार्जुनमा मनाए वेश । जय गणतन्त्र दिवश ।।