कला / मनोरञ्जन

‘मेरि बास्सै’का हनुमाने र मंगलीको बिहे हल्लाले दुवै जना हैरान

By canadakhabar

June 01, 2016

चर्चित टेलिफिल्म मेरी बास्सैका एक चर्चित जोडीको बिहे भएको फोटोले झन्डै एक हप्ता अघि सामाजिक संजालमा तहल्का मच्चाएको थियो | हनुमाने अर्थात बुद्धि तामाङलाई त बधाईको ओइरो नै आइ पर्यो | फोनमा र म्यासेजमा.. हैन शुटिङ हो भन्दा नि कतिपय शुभचिन्तकले त पत्याएन | मण्डला थिएटर नजिकै चिया पसलमा भेटिएका बुद्धि तामाङ् सोहि प्रश्न तेर्स्याउनेलाइ त्यहि उत्तर फर्काउदै थियो | यसपाली त्यसै पनि बधाई धेरै खाइयो होउ भन्दै थिए |

प्रसंग हो मेरी बास्सैको उनको जोडी रजनी गुरुङ संग बेहुला बेहुलीको पहिरनमा आएको एक फोटोको | झन्डै १० दिन अघि मात्र उनीहरुको त्यो फोटो सहितको समाचार आई रहेको थियो निरन्तर रुपमा | फोटो पत्रकार नबिन बाबु गुरुङले उनीहरुलाई यस अवस्था सम्म ल्याईपुर्याएको उनले बताए | मिल्ने साथि नबिनले आफुहरुको जोडीलाई सोचेर म्युजिक भिडियोको लागी स्क्रिप्ट लेखेको सुनाए पछि गीत संगै स्क्रिप्ट पढे पछि आफु राजि भएको उनले सुनाए | तर रजनीलाई धेरै कुर्नु पर्यो | गुरुङ चलचित्र संगै पोखरामा रहेर विभिन्न म्युजिक भिडियोहरुमा ब्यस्त उनिलाइ हङ्कङ्को कार्यक्रम सकुन्जेल कुर्नु परेको उनले सुनाए | विकास उप्रेतीको स्वरमा रहेको हामी जाउँला है राफ्टिङ् चढेर बोलको यस गीतको म्युजिक भिडियोको एक ठाउँमा रजनी र बुद्धिलाई बेहुला बेहुली भएर बेहुलाको घर सम्म पुगेको देखाइन्छ | तर गाउँले मन मात्र परेको केटीले संगै घर सम्म जाउँ भन्ने प्रस्तावलाइ स्वीकारेर जाँदै गर्दा आफुले बेहुली बनाएर लागेको सिन मात्र रहेको उनले बताए | चियाको चुस्कीसंगै कुराकानी आधा हुँदा हुँदै मण्डला थिएटरमा ब्यस्त रहेका उनि हिंडीहाले हामी भने युट्युबमा भिडियो हेर्दै उनको हर्कतलाई नियालेर हाँस्न थाल्यौं | यस गीतलाई किरण भण्डारीले रमाइलो शैलीमा लेख्ने र संगीत भर्ने काम गरेका छन् | यस म्युजिक भिडियोलाइ जिबन थापाले सम्पादन गरेका छन् भने निर्देशक नबिनसंगै राजु तामाङ् र विकास पौडेलले खिचेका छन | सोमबार मात्रै युत्युब संगै नेपाली टेलिभिजनका पर्दाहरुमा रिलिज गरिएको यस म्युजिक भिडियोको प्रतिक्रिया भने हेर्ने बाँकी छ |

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्