देश

चीनमा २०१६ मात्रै चालिस लाख त्रिचालिस हजार रोजगारी सिर्जना

By canadakhabar

June 01, 2016

बेइजिङ । चीनले सन् २०१६ को पहिलो चार महिनामा ४० लाख ४३ हजार रोजगारीका अवसर सिर्जना गरेको एक कार्यक्रममा बताइएको छ ।

प्रतिकुल आर्थिक अवस्थाकाबीच पनि चीनको रोजगार बजार स्थिर रहेको चीनका मानव स्रोत एवम् सामाजिक सुरक्षा सहायक मन्त्री जिन चाङ जिनले एक पत्रकार सम्मेलनमा बताए ।

उनले रोजगार बजार स्वभाविक तहमा नै कायम रहेको प्रमुख रोजगार बजार सूचकाङ्कले देखाएको बताए ।

जिनले श्रम वृद्धि गर्ने उद्योगमा कमी आउँदा रोजगार बजारमा संरचनागत असन्तुलन भएको तर यसलाई आधुनिक प्रविधिमा काम गर्ने दक्ष कामदार उत्पादनमा भएको वृद्धिले सन्तुलन गरिएको दाबी गरे ।

सरकारले रोजगार बजारलाई स्थिर राख्न नयाँ रोजगारीका मौकाहरुको सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको मन्त्री जिनले जनाए ।

उनले चीनले सन् २०१६ भित्रमा एक करोड नयाँ सहरी रोजगारीका अवसर सिर्जना गर्दै सहरी बेरोजगार समस्यालाई ४.५ प्रतिशतको दरमा झार्ने कार्ययोजना रहेको बताए ।

सरकारले बेरोजगार समस्यालाई ४.५ प्रतिशतभन्दा तल पु¥याउने योजनालाई सन् २०१६ को मार्चमा सार्वजनिक गरेको थियो ।

चिनियाँ सहरी क्षेत्रमा ४.५ प्रतिशतको बेरोजगार दर रहेको आधिकारीक आङ्कडा छ ।