नविन पन्थी काठमाडौं, । पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनको अधिवेसनले सकृय युवा डा. शितलकाजी श्रेष्ठको नेत्रित्वमा नयाँ कार्यसमिती निर्माण गरेको छ । एसोसिएसनको उपाध्यक्षमा डा. निर्मल कटुवाल, महासचिव डा. राजेन्द्रप्रसाद यादव र कोषाध्यक्ष डा.सुदिवकेशव हुमागाई सचिवमा डा. तपेन्द्र प्रसाद बोहरा निर्वाचित भएका छन ।
अन्य केन्द्रिय सदस्यहरुमा डा. विनोद हुमागाई, डा. सुरज थापा, डा. सुलोचना श्रेष्ठ, डा. बिनोद यादव र डा. सिकेश मानन्धर चयन भएका छन् । संस्थाको प्रकाशन बिभागमा प्रधान सम्पादकमा डा. निना अमात्यलाई चयन गरिएको छ ।
नब निर्बाचित कार्यसमितीले आगामी दिनमा नेपालको भेटेरिनरी सेवालाई अझै ब्यबस्थित,मर्यादित बनाउन आफु सहितको टिम लागि पर्ने प्रतिबद्दता अध्यक्ष्य श्रेष्ठले गरे ।
देशैभर छरिएर रहेका भेटनरी डाक्टरहरुलाई संगठित गरेको यस एसोसिएसनले पशु चिकित्सा प्रणालीको बिकासका मुद्दालाई अघी सारेर सरकार समक्ष्य आफ्ना मागहरु पेश गर्दै आएको छ ।