नरेश ज्ञवली #Review #cinema निकै चासो र उत्सुकताका साथ फिल्म ‘कालो पोथी’ हेरियो, दलितको भूमिकामा अभिनय गर्ने बालकको अभिनय कलाको म कायल भए । निर्देशन लगायतका केही पाटा निक्कै राम्रा छन् जसको प्रसंशा गरिनु पर्छ ।
म एउटा दर्शकको रुपमा फिल्ममा कथाबस्तु, अभिनय, परिवेश तथा प्रकाश संयोजन लगायतलाई नियाल्ने गर्छु फेरी पनि मलाई मुलतः कथाले नै तान्ने गर्छ । तर ‘कालो पोथी’को कुरा गर्दा नमिठो गरी भन्नु पर्छ निर्देशक र प्रोडुसरले कमाउने उद्देश्यका साथ कर्णालीको गरिवी र नेपालको माओवादीलाई विद्रुपीकरण गरे ।
शहर र विदेशमा बसेको मान्छेको आँखामा ‘कालो पोथी’को कथा गजब लाग्ला तर गाउँमा बसेर गरिबी र माओवादी आन्दोलनलाई एकैसाथ नियाल्ने मान्छेका लागि फिल्म उदेक लाग्दो छ । कथाबस्तुको त के कुरा गर्नु र निद्रा लाग्छ ।
समिक्षकहरुको समिक्षा पढेर म निक्कै उत्साहित थिए अहिले निरास । तर समिक्षकसँग मेरो कुनै गुनासो छैन किनकी फिल्मको विद्रुपीकरणलाई शहरका समिक्षकले पनि भेउ पाउन गारो पर्छ किनकी उनको र निर्देशन गर्नेहरुको जग झण्डै झण्डै मिल्न जान्छ त्यसैले उनको आँखामा फिल्म उत्कृष्ठ ठहरिन्छ ।