समाचार

हलिउड यात्रा

By canadakhabar

June 08, 2016

                       सुमन दहाल

आज जुलाई २९ तरिख २००७,सबै बिहान पाँच बजे निर्धारित समयमा लस एन्जलस प्रस्थान गर्न तयार भयौ। क्यलिफोर्निया राज्यको सन्‍नीवेलबाट- क्यलिफोर्निया कै दक्षीण तर्फ रहेको विश्व सिने जगतको राजधानी लसएन्जलस घुम्न हामीहरुलाई ६ घन्टा गाडीमा लाग्ने कुरा थाहा भयो ।नेपाली गीत गाउदै र रमाइला जोकहरु भन्दै चिल्लो सडकमा दाया बायाका प्राकृतिक दृश्यहरु अबलोकन गर्दै -हाम्रो गाड़ी हूइकदै छ। बाटोमा मैले प्रस्ताब राखें-कमिटी गठन गर्ने कुरा।सबैले सहमति जनाए टोलिनेता एबम चालक इस्वर सापकोटा,उपनेता एबम सहचालक हरिहर दहाल, भोक ब्याबस्थापन संयोजक बसुदेब बास्कोटा छायांकनामा डिल्ली भूसाल,लेखापाल-बिनोद भट्ट ,मनोरंजन संयोजक -प्रिस्किला दहाल अनि बाल प्रतिनिधि -सोफिया सापकोटा /अब बाकी जति सबै सदस्यहरु -सुमन दहाल,रजनी सापकोटा,मंजू थापा,शोभा अधिकारी,स्वर्णिम सापकोटा,नेहा दहाल,प्रतिमा अधिकारी र दीपा भट्ट ।

हिडेको एक घंटा पछि त केहि सदस्यहरुलाई पिसाबले सतायको कुर थहा भयो । हाम्रो देशमा भए त यसो खोल्सा खाल्सी तीर रोकौ है त भने पनि हुने -तर अमेरिकामाँ त त्यसो गर्न पनि नहुने। अब चर्को नियमका अगाड़ी। हाम्रो के लाग्यो र ….बढदै गयौं अगाडी सबैले कफी अथबा नास्ता पनि खाने र सौचालय (रेस्टरूम) पनि जानलाई स्टारबक्स(कफीसप )माँ रोकने निर्णय भयोसम्पूर्ण सौचादी कार्य र ब्रेकफास्ट सके पछि फेरी हुइकियौ, चालक र सह चालकले आफ्नो ठाउँ साटासाट गरेको पनि चाल पाइयो।हामी सबैका भिनाजू बिनोद भट्ट भनें साच्चै हँसिला,फरासिला,मनोरंजक र सम्पूर्ण यात्राका आकर्षक ब्याक्तित्व बन्न सफल हुन्छन् भन्ने कुराको लख काटन मलाई त्यती हम्मे परेन त। र मैले १५ जना सदस्य मध्ये बाट भिनाजुको बड़ाईचढाई गरेको भन्ने चैं नासोच्नू होला है।त्याहां त एकसे एक मनोरन्जन प्रदानकर्ताहरु जस्तै डिल्ली ,बसु ,इश्वर ,शोभा ,हरिहर ,मन्जू,अलि कम बोल्ने बहिनी दीपा र रजनी ,बेला बेला गीत गाउने प्रिस्किला अनि अलग अलग तर मनोरंजक स्वभाब भएका चारजना नानिहारू नेहा ,स्वर्णिम ,सोफिया ,र प्रतिमा सबैले आ-आफ्नो भुमिका कुशलता पुर्बक बहन गरेका थिए .यही मौका छोपेर एकमुष्ठ धन्यबाद दिने बिचार गरें है मैले त -स्विकार्नू होला!

अँ हाम्रा भिनाजुले मुख फोरे- म त चल्न चट्पटाऊंन नै छाड़ेँ कतै साइड लाओ केटा हो ।”दुई घंटा पनि थाम्न नसक्ने कस्ता भिनाजू “पछाडीबाट टिप्पणी आयो। सोफियाले पनि यही मौका हालीन “मलाई पनि गाह्रो भयो “।अब चालाक र सहा चालाकलाई ग्यास स्टेसन खोज्न बाध्य भयो।बल्ल बल्ल ग्यास स्टेसन त भेटियो -मलाई चांही यत्रो लस्कर देखेर रेस्टरूम हुदैन पो भन्ने हो की लागेको थियो ,तर भालादमी रहेछ।सबै हल्का भयौं,ग्यास हल्यौं ,सबैले फेरी ब्रेड्का भेराईटीहरु लियौं र हुइकियौ ।पानी, सोडाका बिभिन्न भेराईटीहरु चिसो बाकसमा टन्न थियो-त्यसैले त बेला बेलामा रोक्नु पर्यो नि। यात्रा बडो रमाइलो छ। साना साना पहाडका ढिस्काहरु,जङ्गल,खोच,ठाऊ ठाऊमा खेति लगाएका बिशाल फाटहरु अनि चिल्ला सडकमा गाडिका तातिहरु। एक रती धुँवा छैन्,धुलो छैन्,कानै खाने गरी बजाउने हर्नको आवाज छैन ।नेपाल र अंरिकाको तुलना गर्ने एक रती ठाउँ छैन। एक ठौमा सुख्खा डाँडो देखेर बसु भाईले भन्नु भयो समुन्द्रको नून ऊडेर यो ठाउ सुख्खा भएको हो।अनी म पनि ठाउ ठाउमा सुख्खा देख्यो कि बसुभाइलाई जिस्क्याउँथे”हत्तेरि यहां पनि नून उडेर आएछ।”सबै गलल्ल हाँस्दा बसुभाइको अनुहार हेर्न लाएकको हुन्थ्यो।

ल–अब त हामीहरु प्रशान्त महासागरको नीलो पानीको किनारै किनार हुँ इकिदै रहेछौं।शान्टा बारबरा,मोन्टरे यस् क्षेत्रका प्रशिद्द पर्यटकीय ठाउहरु रहेछन। फेरी गाडी रोक्ने सबैको शाहमतिभयो ।तर अर्को स्ट्प भनें लस एन्जल्स नै हुनेछ भन्ने टीप्प्णी चालकदलले सुनाए पछी रेस्तरूममा हांम्रो ताँती नै लाग्यो। एक् घन्टाको यात्रा तय गरिसके पछि सबैकी मम्मी मन्जू थापाले सबैलाई आश्चर्यचकित पार्नु भयो”लौ न नी ब्याग् त मैले रेस्टरूममै झुन्ड्यको थिँ ए उहिं छुटेछ”।अब सुरु भयो खै बैला।के के थियो त ब्यग्मा?। “सबै त्यहिँ छ नी सेलफोन,क्यामरा,पैसा,तीतौरा,हजमोला,लाली-पाउडर,लीपिस्टिक” मैले थपें “छोरा सुबशको फोटो अनि बुढाको जुँगावाल फोटो नि कि कसो नि मम्मी?” हाँसो सँगै हामी सबैको चिन्ता पनि छ। र्फर्केर जाँउ अौनलाई एक घण्टा जानलाई एक घण्टा।मैले झल्याँस्स सम्झें-ग्यास हालेको रि सिप्ट्मा फोन नम्बर छ हेरौं त-तर डिल्ली भाईले सुटुक्क भने- कहाँ दाई रि सिप्ट त चहिंदैन भनेर लिएनौं-यस्मा इश्वर को पनि थोरै रहेछ-री सिप्ट नलिनमा।मम्मी अत्तालिन थालनु भयो हामीहरु पनि के गरौं कसो ग रौंको दुबिधामा हुँदाहुँदै,अत्तालिदै राजनएे नी बहिनीले “ऊ त्यो सिट्मुनी कालो फित्ता के हो त “भन्दै तान्दा त ब्याग पो निस्कन्छ।रेस्ट् रूममा झुन्ड्याएको ब्याग गाडिमा पाँु उदा त सबै खुसि सबै दङ्ग-सुद्दी हराएकी मम्मी भन्दै एकछिन जिस्क्याउने बाटो पाइयो-रमाईलो माथि अर्को रमाईलो। जब गाडीहरु सडक भरी अटी नटी बामे सर्न थालेको देखिन्छ तब हामीहरुलाई लस अन्जलस एकदम नजिकै अौँदैछ भन्ने भान पर्न थालिसको छ।फ्रीवेले पनि लस एन्ज्लस्को नक्सा भित्र क्रमश: हामीहरुलाई समेटी रहेछ। इश्वर भाईले बिहानै ४:०० बजे नै खेद्नु पर्ने कारण ट्राफिक पनि हो भन्ने कुराक्को पुष्ट्ति तिखेर भएकोले,वहाँ पनि मख्ख हुनु हुन्थ्यो”देख्नु भयो त त्यसै हतार गर्ने मान्छे हुँ र”! उत्त री क्यलिफोर्नियाको बे एरियामा बस्ने हामीहरुलाई यति खेर दक्षी णी क्यालिफोर्निया को लस एन्जलस गर्मी लागिरहेको छ। सान फ्रान्सिस्को भन्दा धेरै ब्यस्त र कता कता उकुस्मुकुसको आभाश पनि भ ई रहेको छ।हाम्रो गन्तब्य बेस्ट ईन होटल हो,जुन एयरपोर्ट्को छेउछाउ तिर रहेछ भन्ने कुरा आकाशअभरी आउने र जाने सलक सलक परेका प्लेनहरुबाट थाहा हुँदै छ।ठूला ठूला घरहरु मध्ये बेस्ट ईन लेखेको ५ तारे होटेल पनि हामीहरुले देखी हाल यौं। अब हामीहरुले नेपालीहरुका झुन्डहरु देख्न सुरु गरिसकेका छौं।ाअामेरिकाकोबिभिन्न ठाउबाट कारीब ५ हजार नेपालीहरु यहाँ आएका छन्।सम्मेलन त बहाना मात्रा मात्रा त्र हो।-घुम्ने,चुट्टी मनाउने,रमाईलो गर्ने,ब्यस्त जिन्दगीलाईकेही दिन भए पनि उन्मुती दिने सबैको चाहना हुनु पर्छ-सबैको अनुहारअले यही बोल्छ। कारीब दिनको १२:०० बजे हामीहरु होटलको लबिभित्र छिर्यौँ। चे क इन को एस् समय भ ई नसकेकोले केही चिन्जानका साथीहरुसँग भलाकुसारी गर्न थालौं।सम्मेलन हिजै देखी सुरु भाईसकेको थियो-ठाउँ ठाउँमा कार्यक्रम्हरु भ ई रहेकाछन्,आफूलाई मन पर्ने कार्यक्रम अनुसार सबै त्यस्तार्फ लाग्देइ छन हाम्रो भनें भरे साँझको हाम्रा नानीहरु नेहा,सोफिया र प्रतिमा साँझको कार्यक्रममा सहभागी हुँदैछन्-हेरौं कस्तो गर्ने हुन।यती खेर सबैको अनुहारमा थकाई र भोक नजानिदो पाराले देखा पर्न थालैसकेको छ।भोक व्यासथापन संयोजक बसु किन मौन छन-म उनलाई खोज्न थांले।

यस होटलमा जम्मा २ वटामात्र कोठामात्र लिएका छौं। अर्को एुटा कोठा नजिकै को कम्फर्ट इन होटलमा छ। आ ई माई केटाकेटी र आ ई माईका श्रीमानरुलाई यस होटलमा र बाँकी सिङल्लाई कम्फर्ट इन तिर लाने निर्णय सदर गरियो।अब केही खान तिर लागौं भनेर बाहिर हिड्दै गर्दा नजिकै “टाकोबेला ल”फास्टफुड भेटियो ,सबै छिर्यौ त्यससैमा । इश्वरभाई ले भित्तामा झुन्ड्याएको नक्सा हेरी हेरी अर्डर गर्नु भयो-चिकेन टाको र सफ्ट ड्रिंक्स । लौं बर्बाद। एुटा सानो कागज्मा बेरेको रोटीभित्र अलिकती चिकेन र के के हो हात्तीको मुखमा जीरा।न्यापकिनले मुखपुछ्दै हिड्यौं……… हांस्दै हांस्दै। इश्वर भाईको अर्डर प्रती ब्यङ्यात्मक धन्यवाद र प्रसंसाको खुब ओईरो ग्यो।सप्र्याङ्ग- सप्र्याङ्ग एक दाल भात खाने हामी नेपालीलाई सानो टाको जे होस रमाईलै भयो। हामी ४ जना डिल्ली,बिनोद्,बसु र म कम्फर्ट् इनमा गएर नुहाई धुवाई गरेर आराम गर्न साझ ६:०० बजे भेट्ने गरि।साँझको साँस्कृतिक कार्यक्रममा २५ डलर तिरेर हामीहरु सबै हलभित्र प्रवेश गर्न लाईन लागी सकेका छौं।अन्य कार्यक्रमहरु भन्दा साँस्कृतिक कार्यक्रम्मा निक्कै भिड देखिन्छ।कार्यक्रम हल भित्र प्रवेश गरेको कारीब १ घण्टा पश्चात कार्यक्रम शुरु हुन्छ्।कार्यक्रमका उद्घोशक हरु नेपाली भए पनि नेपाली राम्रो नबुझ्ने नक्क्ल गर्दा रहेछन्।अङ्रेजी बोल्न धेरै नेपालीहरुमन् पराउने रहेछन्। कती नेपालीहरु त नेपलिपन् बिर्सनुलाइ अहोभाग्य ठान्दा रहेछन्।तर जेहोस् सँस्क्रितिक् कर्यक्रम्ले नेपलि सँस्क्रिति र भेश् भुशालाइ माया गरेको देख्दा खुशि नै लाग्यो।नेहा,सोफिया र प्रतिमाको नेपलि न्रित्य खुब् मन छुने थियो भन्ने कुराको पुषटी दर्शक दीर्घाको तालिबाट थाहा भयो।कार्यक्रम रातको कारीब १ बजे समाप्त भएको थियो।हामी सबै भोली बिहान हलिऊ भमण मा जाने समय ८:०० बजेलाई तोकेर आ-आफ्नो कोठामा आराम गर्न गयौं।यसरी बिहान ४ बजे शुरु गरेको प्रथम दिन रातको १ बजे समाप्त भयो।

भोली पल्ट बिहा नै इश्वर भाई हामीहरु म,डिल्लि,बसुर बिनोद्लाई लि न् आउनु भयो।तब सम्म हामीहरुले होटेलले प्रदन गर्ने “ब्रेक्फास्ट “टन्न खाइ सकेका थियौं। उता वेष्ट इनमा बसेका कसैले पनि ब्रेक फास्ट नलिएकोले हामीहरु ए उटा “ह वाइ एन रेस्टुरेन्ट “मा छिर्यौं। इश्वर भाईले भित्तामा टाँसिएको नक्सा बडो गम्भीरता पूर्वक हेरेर्(हिंजोको टाकोवेल जस्तो नहोस भन्दे)अर्डर गर्नु भयो।जब भात्,अन्डा र टमाटो केचप देखिन्छ्,सबै यो निस्तो भात कसरी खाने भन्दै गुनासो गर्छन्। एक दुई जना त यस्तो पनि खाने भन्दै फ न् फ निदै बाहीर हिंड्न था ले को देख्दा इश्वर भाई हाँसी हाँसी रिसाउनु भएको मैले अनुभव गरेँ ।सम्पूर्ण रीस जती आफ्नै श्रीमती र जनी माथि पोख्दै-भन्न था ल्नु भयो,”खपाखप खाएर हिंड्नु पर्छ्,यात्रामा त सजी लो पो बन्नु पर्छ्,घर हो र यो खन्छु त्यो खन्छु भन्ने”………रजनी बैनी भनें अलमल्ल पर्नु भयो-ल मैले के भनेको छु र! जे होस रमा इलेइ भयो त्यो क्षण पनि।कुनै पनि क्षणहरु यात्रा अबधिमा सम्झन योग्य भएनन् भनें-मेरो बिचारमा तीं क्षणहरु बेकर् हुन्।

अब हामिहरु युनिभर्सल् स्टुडियोकोलागि प्रस्थान गर्यौं।अनलाइन् टिकट् लिएकोले टिकट् किन्न लाइनमा बसि रहनु पर्ने थिएन।डिल्लि भै भनें अन्य दुई जना सथिहरुसँग अर्कै गाडिमा चड्नु भयो, आखिर पुग्ने त उहि त ठाउ हो भनेर। हामिहरु सबैजना युनिभर्सल् स्टुडियोको बिशाल भूमिमा पुगि सकेर् भित्र र्ने ला इन् मा लागि सक्यौं-उता डिल्लि भाइ र अन्य दुइ जना बाटो बिर्सनु भएछ।अब पर्यो फसाद!डिल्लि भाइको टिकट् पनि हामिसँगै छ।अर्को एक घन्टा कुरिसकेपछि बल्ल डिल्लि भाइ देखा पर्नु भयो।अब हामिहरु युनिभर्सल् स्टुडियो भित्र पचासौं हजार मानिसहरुको भिड्मा त्याहाँ भित्र का बिभिन्न आकर्षक उराहरु हेर्न लगीरहेका छौँ । हाम्रो प्रथम यात्रा भुतघर रह्यो। ए उटा अंध्यारो घर भित्र छिरेपछि बाहिर निस्कन ४५ मिनेट लाग्यो। र सम्पूर्ण अबधि कहालि लाग्दा भुतहरु र तर्साउने बाताबरणमा बित्यो,कोहि मानिसहरु त चिच्याई चिच्याई रोई रहेका हुन्थे भनें कति नानीहरुले त मलाई अंगालो मारेर भयमुक्त हुने कोशिस् गरि हेका थिए। हाम्रो दोस्रो यात्रा ट्राममा चढेर सम्पूर्ण युनिभर्सल् स्टुडियो को चक्कर लगाउनु थियो। ट्राममा करिब २०० जना मानिशरु थियौं। भिडियोमा सम्पूर्ण ठाउँहरुको बर्णन भेइ रहेको थियो । एउटा मेक्सिकोको गाँउ (बनाइएको) ठाउँ मा ट्राम रोकियो। एकै छिनमा क्र्त्त्रिम बर्षा भयो र भल बाअढी उर्लेर हाम्रो ट्राम नै बगाउलाझैं गरेर -एक्कै छिनमा रोकियो।सिनेमाहरुमा यसरी नै क्रीत्रिम बर्षा गराइंदो रहेछ। हाम्रो ट्राम न्यूयोर्क शहर (बनाइएको)मा हिड्दै छ।बाटो,सडक,घरहरु सबै उस्तै छन्।न्यूयोर्क शहर देखाउनु पर्‍यो भनें न्यूयोर्क पुग्नु नै नपर्ने।अब हाम्रो ट्राम रोकिरहेका ३/४ वटा गाडीहरु नजिकै पुगेर रोकियो। एक्कै चाइनामा तीँ गाडीहरु फन्फन्ती घुम्न थाले र आगो लाग्न थालयो ।गाडी पल्टिने,आगो लाग्ने जस्ता द्रिष्यहरुको छायांकन त्यसरी गरिंदो रहेछ। एक छि न पछी ए उ टा घर भित्र ट्राम पस्यो- आगोको लप्काले हामीलाई झन्डै पोलेको। एकै छि न मा पानीको छ हरा देखियो-हामीलाई पानीको फोहोराले ल्याफ्फै भिजाई दियो।ेक छि न मा ट्रामा नै पल्टने गरेर धेरै हल्ली रहेको छ।तर धन्न ट्राम चैं पल्टिएन अगाडि बढ्दै जांदा ए उ टा बिशाल चौरमा ठूओलो बोइङ जहाज टुक्रा टुक्रा भएर उत्तानो परेर प रि रहेको देखियो।य त्र तत्र सुट्केशहरु भुइभरी छन्।

जहाजका सिट हरु तलमा थि जताततै छन्।पखेटाहरु कुनै भुइमा भासिएका छन त कुनै आकाश तिर फर्किएका छन्।त्यो बास्त बिक जहाज नै रहेछ्-दुर्घट्ना भएको ठाउँ बाट जस्ताको तस्तै ल्याएर राखिएको-कुनै ए उटा अंग्रेजी फिल्मको ३ मिनेटको द्रिष्यकोलागी दशौं मिलिएन डलर खर्च गरेर त्यो जहाजलाई यहाँ ल्याइ एको भन्ने कुराको जानकारी भिडियो मार्फत थाहा भयो।ए उटा सानो पानीको तलाउ नजिकै फेरी ट्राम रोकियो।त्यहाँ सानो पानी जहाज थियो। आँफै चल्न थालयो र आगो लाग्यो अनी तुरुन्तै पानीको फोहोराहरु सर्बत्र देखिन थालयो -वास्तबमा सिनेमा नाटक नै रहेछ्-हामी सिनेमा गृह मा पुगेर वास्तबिक ठानेर कहिले काँही त धुरु धुरु रुन्छौं पनि।यस्तै अनेक अनेक द्रीष्यहरुसँग हाम्रो ट्रामले युनिभर्सल स्टुडियो टुर कारीब १ घण्टा ३० मिनेटमा सक्यो र सिने जगतको रहस्य खोली दियो। अब तेस्रो यात्रा जुरासिक पार्क रहेको छ र कारीब १ घण्टाको लाइन पछी ए उटा पानीको टनेलमा कारीब ३० जना अट्ने डुंगामा हामी चाडछौं। पानीले लपक्कै भिजिने रहेछ ,त्यसैले रेन्कोट पन किन्न पाइने प्राबधान थियो। ओहो!डाइनासोरहरु खाउला झै गरी पो कराउछन ए! अनी ऊकालो ओरालो डुंगाचल्दा त मुटुले ठाउँ नै छोड्ला जस्तो।मैले हेरेको “जुरासिक पार्क “फिल्मको सम्पूर्ण छायांकन यहीं भएको रहेछ -आश्चर्य लाग्यो । तपाईं पनि यो फिल्म हेर्न नभुल्नुस् है.स्मरणीय रहने छ।अब पालो मम्मी राइडको।रोलर कोस्टर जस्तो हुने यो मम्मी राइड्मा हाम्रा झन्डै ५० प्रतिशत साथीहरुले आँटै गर्नु भएन /-के गर्नु डर्को अगाडि कस्को के लाग्छ र? पाँ चौ यात्रा फ्युचर राइड अर्थात भबिष्यको यात्राको। ए उ टा घरभित्र सबै छिर्यौं। ८ जना अट्ने ए उ टा सानो खुला कारमा बसाइयो-र देखियो तिरिमिरी झ्याँ ई ! आकाश मा कार कुदेको छ,ताराहरुसँग र पहाडअसँग ठक्कर खाँदै।कहिले पहाड मा ड्याम्म ठोकिन्छ त कहिले डाइनासोरको मुख भित्र बाट पसेर पुच्छर्‍बाट निस्कान्छा ।रमाइलो सार्है रमाइलो! अब छैठौँ यात्रा “फोर डि”को सिनेमा। सिनेमाको द्रिष्य अनुसार हामी बसेका कुर्सीहरु हल्लाने गर्थे।समग्रमा भन्नु पर्दा हेर्ने अन्य ठाँ उ हरु हुंदा हुंदै दिन बितेको पत्तै भएन । आश्चर्य प चासौँ हजार मान्छेहरुलाई ब्यब स्थित गर्न खटेका स्टाफहरु कती थोरै।जे कुरा पनि सिस्टमले चल्ने भये पछी र सबैले नियमलाई पारीपालन गरे पछी त के पो हुँदो रहेनछ र! हा म्रै देश रहेछ भ ता भुंग-म त भन्छु मानसिकतामा परिवर्तन नभए सम्म बिकासअले केही लछार पाटो लाउदैन। आज हामीहरुले किनेको टिकाटले बर्षाभरी आउन पाईन्छ र यसको लागि हामीहरुले फोटो शाहीतको पासा बनाएका छौँ।हामीहरुलाई लाग्यो ६२ डलरको टीकटले एती धेरै जानकारी र मनोरन्जन पाउनु दुई सय प्रतिशत स ही छ ।जीवन मा जो पनि क्यालिफोर्निया पुग्छ भनें त्यसले “युनिभर्सल स्टुडियो” हेर्न नछुटाओस भन्ने हाम्रो सुझाव छ ।सन्निवेलबाटै अौने हा म्रै साथीहरु बलराम भाई ,गीता बहीनी,कमला बहिनी र गोपी भिनाजु पनि बेला बेलामा टुप्लुक्क भेटिनु हुन्थ्यो। अब सबै जना जम्मा भएर फर्कने तरखरमा छौँ ।बलराम भाइ आजनै सन्निवेल फर्कने हुँदा हाम्रा बिनोद् भिनाजुलाई वँहासँग पठाउने र उताका गोपि भिनाजुलाई हामिले सापटी लिने कुरामा दुबै पक्ष सहमत् भयौं । कमला बहिनी भनें आज लस एन्जलस नै बसेर भोलि लस भेगास तर्फ जानकालागी हाम्रै गाडिमा चड्नु भयो । अलि धेरै बोल्ने ठट्टा गर्ने ,जिस्कने,जोक्स भन्ने भिनाजुलाई उता पठाएर कम बोल्ने ,गम्भीर,भद्र र असाध्यै सज्जन ओपि भिनाजुलाई हाम्रो गागाडीमा राख्दा त एक छि न के बोलौं-नबोलौं पो भ ईयो -तर पछी थाहा भयो वँहा पनि काम बोल्नु हुंदो रहेछ र ! हामी लस एनजल्सको निवास स्थलतर्फ फर्कदै छौं। चालक र स ह चालक को लापर्वाही त नभनौं,कमजोरिले बाटोमा लगभग डेढ घण्टा हराईयो। तर हामीलाई के नै फरक पर्छ र ।डुल्नु घुम्नु न हो। बाटो पत्ता लाग्यो।अब बिचार गरियो कतै अच्छा डीनर गर्ने। इश्वर भाईले बिहानको सम्झेर कान पकड्नु भयो र राम्रो रेस्टुरेन्ट खोज्ने जिम्मा मलाई दिनु भयो । हरी भाईले पनि थप्यो-ठीक छ इश्वर जी लाई यो काम जिम्मा दिनु हुँदैन। ऊ नेपाली रेस्टुरेन्ट । सबैको जिब्रो रसाएर आएको थाहा पाईयो । म हतार हतार सोध्न गएको त लौ बर्बाद्,९:३० भएकोले बन्ध भ ई सके छ/। अनुनय बिनय गर्दा पनि बहिनीले भन्नु भयो -माफ गर्नुस् दा ई सबै खानानै सकीइ सक्यो।धेरै नेपालीहरु आएकोले खनानै पुर्याउन सकीएन। मैले धन्यवाद दिँदैबिदा लिएं।नजिकै थाई रेस्टुरेन्ट देखियो ।मैले बिचार गरें-यो पनि ठीक छ र सबै भित्र पस्यौँ ।सम्पूर्ण अर्डर भयो। आहा चिसो बियरले घाँटी भिजाउन पाए त……… ।न भन्दै डिल्ली भाई जुरुक्क उठेर स्टोर तिर लागि हाल्नु भयो । यसरी पो र्‍याङ्को ठ्याङ मिल्नु पर्छ त यात्रामा ।तर शर्त राखियो इश्वर भाई र हरी भाईले सके सम्म क म या छुदै नछुने ।त्यसै चालक हुन पा इन्छ !? लौ कमला बहिनी,सोफिया र स्वर्णीम त कता गायब भए! सोध्धै नसोधी हिंड्ने अब योनिहरुलाई कारबाही गर्नु पर्छ-सबैको स हमती भयो । एकै छि न पछी आउछन त फुलको गुच्छा र बर्थ डे केक पो हात भरी छ ए!हामीले त बिहा नै रुख्खा सुख्खा “ह्याप्पी बर्थ डे टू यू इश्वर “भनेर बिट मारेको त अक्क्ली कमला बहिनीका अगाडि कस्को के जोर चल्थ्यो र ! सोफिया र खुसुक्क “बाबाको बर्थ डे ” भनेछन – कमला बहिनिले त पाएको अवसर ……….. थाइ खाना अनी मज्जाको बा ता वरण बखान गरी साध्य नै छैन।हाम्रै एसियन स्वाद न पर्यो-सबैले धितमरुन्जेल खाना खाइयो। अब पालो केक काट्ने-“ह्याप्पी बर्थ डे डियर इश्वर्”सँगै केकको स्वाद् लीइयो। उता नेपालमा पनि इश्वरजिको भाईको छोरी जन्मिएको खबर् आयो-लौ अर्को साल त एकै दिन २ बर्थ डे-सोफिया छोरी र स्वर्णीम छोरा दङ्ग । अज हामि सबै वेस्ट इनमै बस्ने निर्णय अनुसार कम्फर्ट इनलाई बिहानै बीदा दीइसकेको छ। होटलको लविमा ऋषिजी भेटीनु भयो ।वहां नेपाली सामान हरुको ब्यापार गरेर लस एनजल्समै बस्नु हुन्छ। वाहांको प्रस्ताव थियो-भोलि फर्कदा वाहाँकोमा निस्केर दिउसोको खाना खाने । हामीहरुले य त्रो ठुलो समूह भनेर आनाकानी गर्यौं तथापी वहाँको सौहाद्रता पूर्ण निम्तोलाई नकार्न हाम्रो केही जोर चलेन। हामीहरु आनन्द ह्विस्किको चुस्की लिदै , हाम्रो कोठामा गफ्फिदै थियौं हतार हतार प्रिस्कीला,मन्जुजी र दीपा बहिनी ढोका ढक्ढक गर्न थालनु भयो-ढोका खो ल्याउँ ल——–तल लविमा झगडा भयो !सुगम पोखरेलको गीत सुन्दा सुन्दै कार्यक्रम हलमा सेक्युरिटि पसेर माईक नै खोसेर कार्यक्रम् बन्ध गर्ने र तुरुन्त हल खाली गर्ने सूचना दिएछ । भएछ के भने दिउसो न्युयोर्क र डल्लासका नेपालीबिच भएको फूटबल खेलको निंहु झिकेर बहादु र नेपाली हरुले होटलको बारनै तोड्फोड गरेर कुटाकुट सुरु गरेछन्-कठै नेपाली मनस्थिती !” बर्मा गए कर्म सँगै नेपाल गए कपाल सँगै” ।सगरमाथा पग्लेको पानि खएक बीर नेपाली हरुले लस् एन्जलसमा समेत बहादुरिको किर्तिमान कायम गरे । त्यसो त पहिलेका सम्मेलनहरु पनि बिबद् रहित् कहाँ थिए र!? कार्यक्रमको अन्तीम दिन् र क्षणमा भएको यो नेपालिको बेइज्जती प्रति हामिहरु नीक्कै दुखि र खिन्न भयौं । मलाई त के लाग्छ भनें यस्तै भए देखि हामि नेपलीहरुले कार्यक्रम गर्ने ठाँ उ पाउन नै गाह्रो छ। एक्कै छिनमा साईरनबजाउदै धेरै पुलिसहरु आएको थाहा पाईयो ।त्यस पछि के भ्भयो थाहा भएन । भोली बिहा नै -शान्टा मोनिका बीच हुँदै ऋषिजी कहाँ नेपालीइ खाना खाने र सन्निभेल प्रस्थान गर्ने तय शाहीत्-बच्चाबच्चारु चि र लेडिज हरु एउटा कोठामा र हामी पुरुष बर्ग ए उटा कोठामा आनन्दले सुत्यौं /बिहानै स्लीपिङ ब्यागबाट डिल्लिजी खस्याक खुसुक गर्दै निस्कनु भयो । वहाँको बानी के रहेछ भनें! स्लिपिङ ब्यगम-भुइमै सुत्नु पर्ने र कान छोप्ने गरी टोपी नलगाए सम्म निन्द्रा नै न अौने । कफी मेकरमा कओही बनाउन थालनु भयो । ल सब भन्दा पहिले दाजुलाई नै भन्दै बडो सत्कार पूर्वक कफी दिनु भएको मलाई-मा पनि द ।ङ्ग पर्दै तातो कफी पिउन उठें । होसियारएे पूर्वक सुरुप्प पारेको त हीम कफी पो परेछ- कफी मेकर अन गर्न बिर्स्नु भएछ। जे होस् यो पनि ए उ टा रमाईलोनै थपियो ।अनी सबैले कफी पियौं,पा लेइ पालो तर अब चैं तातो कफी!

बिहान ९ बजे क रिब हामी हरु लस एन्जलस सँग बिदाबारी भयौं।सान्टा मोनिका बिच मा गाडी रोकियो । सबै समुन्द्रको कि ना रेइ कि नार डुल्न थाले बालुवा खेल्दै,मा इश्वर भाई र सोफिया भनें गाडीमा लम्पसार पर्यौं । आ……त्यही त हो नि पानी,बालुवा,समुन्द्र र कुइरेका तातिंहरु…….. इश्वर भाईलाई चित्त बुझेछ……..हो दाई……. एकै छि न मा सबै आए।बसु र डिल्ली भाईलाई अरु आधा घण्टा लाग्यो । आहा आलु फ्राइको खाजा कती मज्जा । बाटो हराउदै फेरी भेट्दै बल्ल बल्ल ऋषिजिकोमा पुगियो । एक चाइनाको भला कुसारी र चिसो जुस र काँक्रो खाँदा मलाई ओखल्ढुङ्गा बिगुटारकै काँक्रो र मोहिको सम्झना आयो । पारीकारहरु,मटन चिकन्,के के हो के के बर्णन गरी साध्य नै छैन ।अन्त्यमा खाएको दही सलाद त बिर्सने नै थियन। कारीब २ घण्टा को बसाइ पश्चात बिदाबारी भएर लाग्यौं सन्निभेलको गन्तब्य तर्फ/ हामीहरु ठाउँ ठाउँ मा रोकिंदै,रमाइलो गर्दै बाटो काटी रहेका छौं। एउटा हाइवेको ठुलो स्टोरमा जहाँ हामीहरुले केही सफ्ट ड्रिन्क्स र खज किनेका थियौं…..कती रमाईलो र चल्ने रहेछ । इश्वर भाईले यो स्टोर किन्ने प्रस्तव राख्नु भयो र सबैलाई यसको शेयर बाँड्फाँड गर्ने जिम्मा हरी भाईलाई दीइयो ।सबैले एथा सक के शेयर लिने निर्णय गरे-तथापी हाम्रो शेयरको हिसाबअले त ५ प्रतिशत मुल्य पनि नपुग्ने देखियो ।अन्त्यमा मलाई यसबारे निर्णय सुनाउन आग्रह गरियो ,।मैले छोटो र मीठो निर्णय सुनाएं:”यो ठाउँ पायक पनि नपर्ने र अली गर्मी पनि भयको सबैलाई जानकारी गराउदछु” ।सबैले मेरो निर्णयलाई ताली बजाएर अनुमोदन गरे ।

हामी देखिरहेका छौं हाम्रो हाइवेको दांया बाँया हजारौं हेक्टर जमीनमा खेति लगाइ एको छ।हाम्रो गाडिलाइ नै छुने गरि एउटा ठुलो प्लेन यता उता गरि रहेको छ । आश्चर्य त्यसले त खेतिमामा अषौधि पो छर्कि रहेको छ।कुइरिमन्डल पानिका फोहोरा झारेर । अ मेरिकाको खेति प्लेनले गर्दो रहेछ। ठाउँ ठाउँमा पशुपालना फार्महरु कति हुन कति ।यसरि रमाइलो गर्दै गर्दै रातको ११:३० मा हामीहरु सन्निभेलको आ-आफ्नै एपार्टमेन्टमा पुग्छौँ ।भिडिओ क्यासेट् र फोटोहरु सबैलाई दिनु पर्ने उत्तरदायीत्व डिल्लि भाइ र बसु भाइलाइ दिएकै छ , हेरौं-वहाहरुले यो अबिस्मरणीय यात्रालाइ कसरि कैद् गर्नु भयेको छ् -हामीहरु प्रतिक्षारत छौँ

लेखक अमेरिका बस्दै आएका छन्