समाचार

यो हो मोदीले आफ्नो भाषण विकाउन जे पनि बोल्छन् भन्ने प्रमाण

By canadakhabar

June 09, 2016

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिका भ्रमण सकेर मेक्सिकाेमा रहेका छन् । अमेरिका भ्रमणका क्रममा मोदीले कोणार्कमा रहेको सूर्यमन्दिर २ हजार वर्ष पुरानो भएको बताए जबकी यो मन्दिर मात्रै ७ सय वर्ष पुरानो हो ।

यसलगत्तै मोदीको सामाजिक सञ्चालमा मजाक उडाउन सुरु गरियो । तर मोदीले यस्ता गलत तथ्यसहित भाषण गरेको यो पहिलो पटक भने होइन । उनले गरेका केही यस्ता गल्तीहरु यस्ता छन् ।

१. नोभेम्बर २००३ मा एक ¥यालीमा उनले महात्मा गान्धीको बारेमा चर्चा गर्दै उनलाई मोहन दास करम चन्द गान्धी भने । वास्तममै महात्मा गान्धीको नाम मोहन दास करम चन्द गान्धी नै हो तर महात्मा गान्धीलाई अत्यन्तै सम्मान गरिने भएका कारण उनको यस गल्तीमा मोदीको धेरै आलोचना भयो ।

२. सन् २०१३ मा पटनाको बहुचर्चित ¥यालीमा बिहार, सम्राट अशोक पाटलीपुत्र र नालन्दाको बारेमा चर्चा गरे । यतिमा मात्रै रोकिएनन् उनी उनले तक्षशीलाको समेत प्रशंसा गर्न भ्याए । तर तक्षशीला बिहारमा नभएर पञ्जाबमा पर्दथ्यो र अहिले पाकिस्तानमा पर्छ ।

३. जुलाई २००३ मा नरेन्द्र मोदीले अहमदावादमा स्वतन्त्रताको सयममा एक डलर बराबर एक रुपैया थियो भनेका थिए । तर सन् १९४७ मा भारत स्वतन्त्र हुँदाका समयमा उत्तर प्रदेशको असफलताका बारेमा भन्दाभन्दै मोदीले यो भुलेको त्यसबेला एक रुपैयाको मूल्य ३० सेन्ट बराबर मात्रै थियो ।

४. अहमदावादमा अक्टोबर २००३ मा नरेन्द्र मोदीले अहमदाबाद नगरपालिकामा महिलालाई आरक्षणको प्रस्ताव सरदार वल्लभ भाई पटेलले १९१९ मा राखेको बताए । तर लामो समय गुजरातको मुख्यमन्त्री बनेका मोदीले वल्लभ भाई पटेलले यो प्रस्ताव राखेको १९२६ लाई बिर्सिए ।

५.फेबु्रअरी २०१४ मा नरेन्द्र मोदीले मेरठमा काँग्रेसले स्वतन्त्रताको पहिलो लडाईलाई कम आँकलन गरेको बताएका थिए । तर मेरठमा १८५७ मा क्रान्ति सुरु भएको थियो । मोदीले काँग्रेसको स्थापना नै १८८५ मा भएको कुरा थाहा पाएनन् । १८५७ मा त काँग्रेसको कुनै अतोपत्तो नै थिएन । ६.नोभेम्बर २००३ मा बैंगलोरमा नरेन्द्र मोदीले १५ अगस्टको प्रधानमन्त्रीको भाषण लालढोकाबाट हुने बताए । तर यो भन्ने कुरा होइन कि प्रधानमन्त्रीले लालकिल्लाबाट भाषण दिन्छन् लालढोकाबाट होइन ।

७.२००३ मा मुम्बईमा नरेन्द्र मोदीले १९६० मा महाराष्ट्रमा २६ मुख्यमन्त्री भएको बताए । तर २००३ सम्म् पनि मात्र १७ नेताले २६ पटक मुख्यमन्त्रीको सपथ लिएका थिए ।

८.नरेन्द्र मोदीले एक भाषणका क्रममा भने, ‘जब म गुप्त साम्राज्यको बारेमा कुरा गर्छु तब चन्द्र गुप्तको याद आउँछ । तर मोदीले जुन चन्द्र गुप्त र उनको राजनीतिका बारेमा बताएका थिए उनी चाँही मौर्य वंशका थिए । गुप्त साम्राज्यमा चन्द्र गुप्त द्वितीय थिए । तर मोदीले उनको नाम नै लिएनन् ।

९. डिसेम्बर २०१३ मा नरेन्द्र मोदीले जम्मुमा एक ¥यालीका क्रममा मेजर सोमनाथ शर्माले महावीर चक्र र ब्रिगेडियर रजिन्दर सिंहले परमवीर चक्र प्राप्त गरेको बताएका थिए । तर सोमनाथले परमबीर चक्र र रजिन्दर सिंहले महावीर चक्र पाएका थिए ।

१०. नोभेम्बर २०१३ मा खेडामा नरेन्द्र मोदीले श्यामजी कृष्ण बर्मा र श्यामा प्रसाद मुखर्जी एउटै भएको बताए । तर मोदीले गुजरातमा जन्मिएका र लण्डनमा इण्डिया हाउसको गठन गरेका र १९३० मा मृत्यु भएका भनेका श्यामा प्रसाद मुखर्जीको जन्म कोलकत्तामा भएको थियो र उनको मृत्यु १९५३ मा भएको थियो । उनले श्याम कृष्ण वर्मा भन्नु पर्नेमा श्यामा प्रसाद मुखर्जी भनेका थिए ।

११. पटनामा ¥यालीका क्रममा मोदीले सिकन्दरका सेनाले पुरै संसार जितेका र जब बिहारीसँग निउ खोजेपछि हार भएको बताएका थिए । तर सिकन्दरका सेना कहिल्यै पनि बिहार आएर लडाई गरेका थिएन् ।