देश

गुएल्फमा सकृया बन्दै नेपाली समाज

By canadakhabar

June 11, 2016

ओन्टारियो,क्यानडा । क्यानडा ओन्टारियो स्थित गुएल्फ सिटीले आफ्नो ३० औं मल्टिकल्चर फेस्टिवल मनाएको छ । गुएल्फमा बसोबास गर्ने विभिन्न देशका नागरिकहरुले आफ्नो -आप्नो संस्कृति झल्कने झांकी सहित कार्यक्रममा उपस्थिती जनाएका थिए ।

हरेक वर्ष हुने यो मेलामा यस वर्ष देखी गुएल्फ नेपाली समाजले पनि आफ्नो सहभागीता जनाएको छ । नेपाली झन्डा र ब्यानर सहित आफ्नो देशको पहिचान झल्काउदै कार्यक्रममा नेपालको उपस्थिती देखाइेको समाजका अध्यक्ष तुल्सी पौडेलले बताए ।

नेपालको पर्यटन प्रबर्दन गर्न गुएल्फमा रहेका क्यनेडियन समुदायबिच आफ्नो संस्थाको  उपस्थिती हरेक ठाउंमा रहने अध्यक्ष पौडेलले जानकारी दिए । माउन्ट एभरेस्ट लायन्स क्लब अफ ब्राम्टोनका अध्यक्ष मित्र काफ्ले नेपालको राष्ट्रिय झन्डा सहित र्यालीमा सहभागी हुन पुगेका थिए ।

गुएल्फ स्थित एक पार्कमा जारी यो मेला तीन दिन सम्म चल्नेछ ।