देश

दशरथ रंगशालाबाट भट्टराईकाे नयाँ शक्ति घोषणा

By canadakhabar

June 12, 2016

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आइतबार नयाँ शक्ति नामको पार्टी घोषणा गर्दैछन् ।

दशरथ रंगशालामा मध्यान्ह १२ बजे कार्यक्रमको आयोजना गरी भट्टराईले नयाँ शक्ति घोषणा गर्न लागेका हुन् । सभामा एक लाख मानिस उतार्ने नयाँ शक्तिले दाबी गरेको छ ।

‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छ ।

नयाँ शक्ति घोषणा सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक अंगका प्रमुख, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत विभिन्न दलका नेताहरुलाई समेत बोलाइएको छ ।

कार्यक्रममा सहमागी हुन भारतबाट राष्ट्रवादी कांग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाजवादी पार्टीका सुधीद्र भदोरिया, आनन्दस्वरुप वर्मालगायत काठमाडौं आएका छन् ।

घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट ¥यालीसहित रंगशालामा पुग्ने कार्यक्रम तय गरिएको नयाँ शक्तिले जनाएको छ ।

पार्टी घोषणापछि सोमबार र मंगलबार छलफल सत्रको कार्यक्रम तय गरिएको छ ।

छलफल सत्रमा नयाँ शक्तिका आधारतत्व शीर्षकमा राजनीतिक प्रतिवेदनसहित संगठनात्मक सिद्धान्त र विधान, विकास र संवृद्धिको मार्गचित्र गरी तीनवटा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छलफल सत्रबाट तीन उपाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ ।