समाचार

पूर्व मुमाबडामहारानी रत्न अस्वस्थ भएपछि नर्भिकमा भर्ना

By canadakhabar

June 16, 2016

काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई अस्वस्थ भएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ८८ वर्षीया शाहलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको हो ।

उनी तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडेपनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहिँ भित्रै बस्ने व्यवस्था मिलाइदिएको थियो ।