एजेन्सी– दक्षिण कोरियामा मे महिनामा युवाको बेरोजगारी दर बढेको छ । दक्षिण कोरियाको सरकारी तथ्यांकअनुसार मे महिनामा मात्रै गत वर्षको तुलनामा युवा बेरोजगार दरमा वृद्धि भएर ९.७ प्रतिशत पुगेको छ ।
यो तथ्याङ्क गतवर्षको तुलनामा ०.४ प्रतिशतले बढी हो । कोरियाली तथ्यांक विभागले बुधबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा वृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार जारी तथ्यांकमा उल्लेख छ । सन् २०१३ को मे महिनामा यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा वृद्धि भएर ९.३ पुगेको थियो ।