कला / मनोरञ्जन

मड्रिडमा आइफा अवार्ड घोषणा, को–को उत्कृष्ठ ?

By canadakhabar

June 26, 2016

मड्रिड/एजेन्सी । स्पेनको मड्रिडमा भएको आइफा अवार्ड समारोहमा सञ्जय लीला भन्सालीको फिल्म ‘बाजिराब मस्तानी’ ले बर्चश्व कायम गरेको छ ।

बाजिराव मस्तानीले सबै गरेर एक दर्जन अवार्ड जितेको छ । सर्वश्रेष्ठ अभिनेताको अवार्ड ‘बाजिराव मस्तानी’ मस्तानीका लागि रणवीर कपुरले जितेका छन् भने उत्कृष्ठ अभिनेत्रीको उपाधी ‘पीकु’ कि नायिका दीपिका पादुकोणले जितेकी छन् ।

अवार्ड समारोहमा दीपिका पादुकोण, प्रियंका चोपडा र टाइगर श्राफलगायतले आफ्नो प्रस्तुति समेत प्रस्तुत गरेका थिए । यसैगरी नायिका सोनाक्षी सिन्हाले ८०–९० को दशकी चर्चित गायिका श्रीदेवीको गीतमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

अवार्ड जित्ने अनुहारहरु यस्ता छन् । उत्कृष्ठ अभिनेता : रणवीर कपुर (बाजिराव मस्तानी) उत्कृष्ठ अभिनेत्री : दीपिका पादुकोण (पीकु) उत्कृष्ठ निर्देशक : सञ्जय लीला भन्साली (बाजिराव मस्तानी) उत्कृष्ठ फिल्म : बजरंगी भाईजान उत्कृष्ठ सपोर्टिङ नायक : अनिल कपुर (दिल धड्कने दो) उत्कृष्ठ सपोर्टिङ नायिका : प्रियंका चोपडा (बाजिराव मस्तानी) उत्कृष्ठ कथा : जुही चर्तुवेदी (पीकु) उत्कृष्ठ नायक (हास्य विधा) : दीपक डोबरियाल (तनु वेड्स मनु रिटन्र्स) उत्कृष्ठ प्लेब्याक सिंगर (महिला) : मोनाली ठाकुर (मोह मोह के धागे, दम लगाके हईसा) उत्कृष्ठ प्लेब्याक सिंगर (पुरुष) : पपुन (मोह मोह के धागे) उत्कृष्ठ कलाकार (डेब्यु मेल) : विकी कौशल (मसान) उत्कृष्ठ कलाकार (डेब्यु फिमेल) : भूमी पेन्डनेकर (दम लगा के हईशा) वुमन अफ दि इयर : प्रियंका चोपडा