एजेन्सी । टिभी अभिनेत्री तथा मोडल सनोनी चोपडाको एक इन्स्टाग्राम पोस्टले यतिबेला खुबै चर्चा पाइरहेको छ ।
सलोनीले हातमा ब्रा लिएर तस्वीर पोस्ट गर्दै भनेकी छन, ‘हमारे ब्रेस्ट सिर्फ हमारे शरीरका हिस्सा हैं, हमारा सम्मान और गरिमा नही’ अर्थात मेरो स्तन मात्रै मेरो शरीरको भाग हो । सम्मान र गरिमा हैन ।
आफ्नो लामो इन्स्टाग्राम पोस्टमा सलोनीले ब्रा र महिलाको स्तनप्रति मानिसहरुको नजरप्रति प्रश्न उठाउँदै लेखेकी छन, ‘पुरुष बिना सर्ट घुम्न सक्छन् भने महिला आफ्नो ब्राको फिता किन देखाउँन सक्दैनन् ।’
उनको यो पोस्टमा १० हजारभन्दा बढी लाईक छ । उनी भन्छिन्, ‘जिन्दगी ब्रा जस्तै हो र महिलाले आफ्नो कामुकताका लागि खुल्ला हुनु पर्छ ।’
उनले कसैलाई ब्राको फिता देख्दैमा समस्या हुने भन्दै त्यस्तालाई विरामी मानिसको संज्ञा दिएकी छन् । ब्रा पनि शरीर ढाक्ने अन्य कपडा जस्तै एक कपडा भएको उल्लेख गर्दै उनले यसमा कुनै ठूलो कुरा नभएको उनको भनाई छ ।