एजेन्सी । इराकको राजधानी बगदादमा इस्लामिक स्टेट (आईएस) ले गरेको आक्रमणमा कम्तिमा पनि ७९ जनाको मृत्यु भएको छ ।
बगदादको करादा जिल्लाको एक रेष्टुरेन्टको नजिकै गराएको कारबम विस्फोटमा परी अन्य १ सय ३० भन्दा बढी घाइते भएका छन् । यस्तै उत्तरी बगदादमा दोस्रो विस्फोट गराइएको थियो ।
गत सातामात्रै इराकको फलुजा सहरलाई सुरक्षा फौजले नियन्त्रणमा लिएपछि आईएसले आक्रमण तीव्र बनाएको हो ।
इराक र सिरियाको ठूलो भूभागलाई नियन्त्रणमा लिएर हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको आईएसले आफ्ना गतिविधि तीव्र बनाएको हो ।