देश

शशांकलाई भेटेर रुँदै फर्किइन् सुजाता कोइराला

By canadakhabar

July 06, 2016

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेकी नेतृ सुजाता कोइराला आँखाभरी आँसु पार्दै बाहिरिएकी छन् ।

मंगलबारराति पिज्जा खाएका शशांक रातभरी विरामी परेका कारण रक्तचाप कम भएपछि बुधबार बिहान ओम अस्पताल भर्ना भएका थिए ।

शशांकलाई हेर्न पुगेकी नेतृ कोइराला भाईको अवस्था बुझेर फर्किदा निकै भावुक देखिनुले उनको अवस्था निकै गम्भीर भएको अनुमान गरिएको छ ।

महामन्त्री डा.कोइरालालाई कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर उपचार गराइरहेको छ । बुधबार बिहान बान्तापछि एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

सुजाता र शशांक दिदीभाई हुन् । सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् भने शशांका गिरिजाका दाजु वीपी कोइरालाका छोरा हुन् ।