समाचार

ब्राजिलमा स्वाइनफ्लुको उच्च जोखिम

By canadakhabar

July 06, 2016

एजेन्सी । ब्राजिल स्वासप्रस्वास सम्बन्धी घातक संक्रमण, स्वाइन फ्लूको उच्च जोखिममा परेको छ ।

ब्राजिल सरकारले स्वाइनफ्लुको उच्च जोखिमपछि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

सर्वसाधारणका नाममा सूचना जारी गर्दै ब्राजिल सरकारले आम नागरिकलाई सचेत रहन आग्रह गरेको हो । पछिल्लो तथ्यांकअनुसार सन् २०१६ मा ब्राजिलमा मात्र स्वाइन फ्लूबाट कम्तीमा पनि ८ सय ८६ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणबाट यो वर्षको छोटो समयमा नै यति धेरै मानिसको मृत्यु भइसकेको छ । ब्राजिलको स्वास्थ्य विभागले गतसाता मात्र प्रकाशन गरेको एक रिपोर्टमा इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसको प्रकोप बढ्दो मात्रामा रहेको देखिएको छ ।

प्रतिवेदनअनुसार ब्राजिलमा एनवान एनवानबाट ४ हजार ५ सय ८१ जना संक्रमित भएका छन् । गतसाता मात्रै ६ सय भन्दा बढी यसका विरामी अस्पताल भर्ना भएका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा एक महिनापछि ओलम्पिक सुरु हुन लाग्दा पुनः स्वाइनफ्लुको संक्रमण देखिएको हो । यसअघि पनि ब्राजिल जिका भाइरसका कारण नराम्ररी प्रभावित भएको थियो ।