काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच स्थानीय, प्रदेश र संघीय निर्वाचन गराउनेबारे भद्र सहमति बनेको छ ।
एमालेसँगको सत्ता गठबन्धन टुटाएपछि प्रचण्डले कांग्रेससँग सहमति गरेका हुन् ।
नयाँ बानेश्वरमा बसेको बैठकमा स्थानीय चुनाव पश्चात सत्ता हस्तान्तरण गर्नेबारे भद्र सहमति भएको काँग्रेस नेताहरुले बताएका छन् ।
बैठकमा काँग्रेस नेता विमलेन्द्र निधिले माओवादी नेताहरुसंग सत्ता हस्तान्तरण बारे सहमति भएको जानकारी दिएका छन ।
निधिका अनुसार अध्यक्ष प्रचण्डले ९ महिना सरकारको नेतृत्व गर्ने र त्यस पश्चात देउवाले सरकारको नेतृत्व गर्ने अलिखित सहमति भएको जानकारी दिएका छन ।
स्थानीय चुनावको नेतृत्व प्रचण्डले तथा प्रदेश र केन्द्रको चुनाव देउवाले गर्ने सहमति भएको बताइएको छ ।
काँग्रेस केन्द्रिय कार्य सहमतिले बुधबार बसेको बैठकले प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति अनुमोदन गरेको छ । बैठकमा काँग्रेस सभापति देउवा तथा माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुदे सहमति बारे जानकारी दिएका थिए ।